विराटनगरमा पक्राउ पर्छ भारतबाट अवैध भित्रिएको मोजादेखि पापडसम्म

विराटनगरमा पक्राउ पर्छ भारतबाट अवैध भित्रिएको मोजादेखि पापडसम्म

विराटनगर । सीमानाका बन्द भएपनि भारतबाट लगाउने मोजादेखि खाने पापडसम्म तस्करी भएर नेपाल भित्रने गरेको छ । सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती सक्रिय रहेको भएपनि भन्सार छलेर सामान भित्र्याउने क्रमभने जस्तोसुकै अवस्थामा समेत निरन्तर जारी रहेको हो ।

मोरङ प्रहरीले दुईदिन अगाडी विराटनगर–११ महेन्द्रचौकबाट बरामद गरेको ७ प्रकारका सामानमा ४९ जोर मोजादेखि मोटरसाइकलमा प्रयोग हुने पार्टपूर्जा समेत रहेका थिए । प्रहरीले सामान बरामद गरेपनि प्रायः सामान ल्याउने व्यक्तिलाई भने नियन्त्रणमा लिने गरेको छैन । ४२ हजार रुपैँयाको सामान बरामद गरेर जिल्ला प्रहरी कार्यालयबाट सम्प्रेषित विज्ञप्तीमा लेडिज टप कुर्ता ५५ थान, कुर्ता सुरुवाल ३२ सेट, स्याण्डो भेष्ट ६ थान, जामा २ थान, प्लाष्टिकको झोला एकसय केजी रहेको छ ।

यसैगरी विराटनगर–१४ जतुवाबाट शनिबार बरामद गरेको २० प्रकारका सामानमा समेत उस्तै प्रकारका रहेका छन् । प्रहरीले १९ हजार मूल्य बराबरको सामान बरामद गर्दा पापड ११ प्याकेट, पानिपुरी ६ प्याकेट, रसगुल्ला १० बट्टा, ह्याप्पीडेन्ट चार बट्टा, मसला ३ केजी, जिरा १ केजी, भुजिया पाँच केजी, काजु २ केजी, बिस्कुट १५ प्याकेट, जेलपेन २ बट्टा, र लोटस ५ बट्टा, लेज ३९ प्याकेट, सरफ ५ प्याकेट, रेडबुल २० बट्टा, चिनी ४० केजी, चकलेट ३ बट्टा, किसमिस ३ केजी, चिया पाँच केजी, चामल २ बोरा र सुर्ती २ बोरा रहेको छ मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईद्वारा विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मोरङ प्रहरीका प्रवक्ता राई अवैध भित्रिएको सामान नियन्त्रणपछि भन्सार बुझाउने गरेको बताउनुहुन्छ । कतिपय भरिया प्रयोग गरेर सामान भित्र्याइएको हुन्छ, प्रवक्ता राईले भन्नुभयो–सामान ल्याउने व्यक्ति पक्राउ नपरेको अवस्थामा पनि सवारी नियन्त्रणमा परेको उदाहरण छन् । प्रहरीले एकाध घरायसी प्रयोजनका लागि सामान ल्याउने व्यक्तिलाई खासै वास्ता गर्दैन । तर, अवैध रुपमा सामान भित्र्याएर व्यापार गर्ने मानसिकता भएका व्यक्तिहरुको पहिचान प्रहरीले गरिसकेको हुन्छ । यस्ता व्यक्तिहरुले भित्र्याउने सामानमा वर्षमा आकलझुकल नियन्त्रणमा लिने गरिएको छ ।

प्रवक्ता राई भने प्रहरीले अवैध रुपमा सामान भित्र्याएको सूचना पाउनसाथ नियन्त्रणका लागि कुनै पनि कसर बाँकी नराख्ने दावी गर्नुहुन्छ । कहिले व्यक्तिसहित र कहिले सामान मात्रै पक्राउ गर्ने गरेका छौं, भन्सारमा बुझाएपछि सम्बन्धित धनीमाथि कारवाही गर्ने जिम्मा उसैको हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्