विराटनगरबाट बाइकमा भारततर्फ तस्करी हुन्छ इन्धन

विराटनगरबाट बाइकमा भारततर्फ तस्करी हुन्छ इन्धन

विराटनगर । मोटरसाइकल र सिटी रिक्सामा राखेर भारत लैजादै गरेको अवस्थामा एघार सय लिटर डिजल प्रहरीले बरामद गरेको छ । प्लाष्टिकको जर्किनमा भरेर मोटरसाइकलको दुवै साइडमा बाँधेर भारत तस्कर हुँदै गरेको इन्धन प्रहरीले विराटनगर–११ केसलिया सडक खण्डबाट नियन्त्रणमा लिइएको हो ।


नेपालबाट भारत लैजाँदै गरेको उक्त परिमाणको इन्धन, एउटा सिटी सफारी र चारवटा मोटर साइकलसहित दुईजना व्यक्ति समेत प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पिछा गरेपछि तीनवटा मोटरसाइकलका चालक भने फरार भएको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

प्रहरीले चारसय लिटर डिजलसहित को २ स १८०७ नम्बरको सिटी रिक्सा र बिराटनगर महानगरपालिका (११ बस्ने नरेश सहनी, बा।१६ प ३७०२ न।को मोसामा १७५ लिटर डिजल सहित चालक जिल्ला सुनसरी साहेबगंज बस्ने बर्ष १८ को सुरज साह लाई निनयन्त्रणमा लिइएको छ ।
यसैगरी को-३ प ३३६१ न.को मोसामा अ. १७५ लिटर डिजल, को.२ प २४३० न.को मोसामा अ. १७५ लिटर र को।५ प ८८६७ न।को मोसामा अ। १७५ लिटर डिजल बरामद गरेको छ । प्रहरीका अनुसार यी तीनवटा मोटल साइकलको चालक भने फरार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्