सडकमै लोड–अनलोड : विराटनगरको सातघुम्ती आसपास सधैं जाम

सडकमै लोड–अनलोड : विराटनगरको सातघुम्ती आसपास सधैं जाम

एन्जु शिवाकोटी
विराटनगर । विराटनगर महेन्द्र चौकदेखि बरगाछीसम्मको सडक सधैं अस्तव्यस्त हुन्छ । मुख्य राजमार्ग भएका कारण सवारी आवागमनको चाप हुनु स्वभाविक भएपनि अस्वभाविक रुपमा सडकका दुई भागमा गरिने पार्किङले यो क्षेत्र ंअस्तव्यस्त हुने गरेको हो । महेन्द्रचौक–बरगाछी सडक खण्डको सातघुम्ती क्षेत्रको जाम भने अझै आवात–जावत गर्नै नसक्ने हुने गरेको छ । सडकमै मालवहाक ट्रकमा सामान लोड–अनलोड हुने गरेको छ । रिक्सादेखि, साना चार पाङ्ग्रे सवारी मात्र नभई मालवहाक ट्रकको ताँती लाग्दा सातघुम्ती क्षेत्र सधैं अस्तव्यस्त हुने गरेको हो ।


सातघुम्तीमा ढुवानी सेवा कम्पनिका ११ कार्यालयहरु रहेका छन् । साँघुरो गल्लीमा ढुवानी सेवाका कार्यलयहरु हुँदा मालसामान लिएर आउजाउ गर्ने सवारीको जाम सधैं लाग्ने गरेको हो ।
देशभरका सामान आउजाउ गर्ने थलोमा सवारीको जाम लाग्नु स्वभाविक भएपनि ढुवानी कम्पनि सञ्चालन मापदण्ड विपरित रहेका छन् । सवारी साधन पार्किङको व्यवस्थापन बिना नै कम्पनिहरु सञ्चालनमा आउँदो सडक अस्तव्यस्त हुने गरेको छ ।


दैनिक आवश्यक सामाग्री मात्रै नभई ढुंगा, गिटी र बालुवा जस्ता निर्माणका सामाग्री समेत ढुवानी गर्ने गरेको गजुरमुखी ढुवानी सेवाका सञ्चालक मनोज सहनीले बताउनुभयो । मालवहाक सवारीलाई आवश्यकता अनुसार परिचालन गर्ने उनीहरुले पर्याप्त पूर्वाधारसहित सुविधा नदिदाँ सडकमै पार्किङ हुने गरेको पाइन्छ ।
मोरङमा ट्राफिक प्रमुखको जिम्मेवारी लिएर आउनेहरुले सुरुका दिनमा विराटनगरको यहि क्षेत्रको ट्राफिक व्यवस्थापन गर्ने योजना सुनाउँछन् । तर, कार्यकालभरी बस्दा समेत उनीहरुले महेन्द्रचौक–बरगाछी क्षेत्रको सडकका दुई भागमा पार्किङ गरिएका सवारीको व्यवस्थापनमा ध्यान दिदैैनन् । सातुघुम्ती क्षेत्रका व्यापारी पहुँचवाला छन् । उनीहरुको पहुँच र प्रभावमा जिल्ला ट्राफिक प्रहरी परिहाल्छ । तर, सवारी जामका कारण सर्वसाधारणले सडकमा हिड्न खेप्नु परेको सास्तीसँग उनीहरुलाई कुनै सरोकार हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्