माघ १४ बाट नेपालमा कोरोनाविरुद्धको खोप लगाइने

<span class='c1'>माघ १४ बाट नेपालमा</span> <span class='c2'>कोरोनाविरुद्धको खोप लगाइने</span>

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने जानकारी दिएका छन्। यसका लागि समूह तयार पारिसकेको उनले बताए।

सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुवात भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेकोबताए।

उनले पहिलो चरणमा अग्रभावमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए। पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्