बिराटनगर । विराटनगरमा रहेको सप्तकोशी तीर्थयात्राले विराटनगरदेखी मुस्ताङको मुक्तिनाथसम्म लागि भ्रमण प्याकेज सुरु गरेको छ । विराटनगर–पोखरा, तातो पानी, जोमसोम, कागबेनी मुस्ताङ हुदै मुक्तिनाथ दर्शनका लागि भ्रमण प्याकेज ल्याएको हो ।
सप्तकोशी तीर्थयात्राका संचालक नरेश लाभका अनुसार विराटनगरदेखी मुक्तिनाथसम्मका चर्चित पर्यटकीय र धार्मिक स्थलहरुको भम्रणका लागि ट दिनको प्याकेज योजना अगाडी सारिएको छ । जसका लागि प्रतिव्यक्ति १२ हजार १०० रुपैँया लागत तोकिएको छ ।
आगामी फागुन १ गते विराटनगबाट प्योकज योजना कार्यन्वयनमा ल्याईने भएको हो । व्यक्तिले तोकिएको रकम बुझाएपछि छ दिनसम्म खाना बस्ने सबैको व्यावस्थापन सप्तकोशीले नै गर्ने लाभले जानकारी दिनुभयो । तीर्थयात्रामा झापा, मोरङ र सुनसरीबाट सहभागी हुने भक्तजन श्रद्घालुलाई विशेष ग्राह्यता दिइने भएको छ ।