मिटर ब्याजले डुबेका विराटनगरका व्यापारी पारख बैंकलाई डुबाएर भारत भासिए

मिटर ब्याजले डुबेका विराटनगरका व्यापारी पारख बैंकलाई डुबाएर भारत भासिए

विराटनगर । मिटर ब्याजको पैसाले जुवा, फाट्का र क्यासिनो लत भएका विराटनगरका व्यापारी रोहित पाखरले आफ्नै बाबुलाई सयौं पटक रुवाएका थिए । सयौं पटक मिटर ब्याजको पैसा तिर्नुपर्ने पीडा सहनु परेका उनका बुबा भैरोदान पारखलाई बारम्बार रुवाएका उनले अहिले बैंक र व्यापारी डुबाएर फरार भएका हुन् । उनका बुबाको एकवर्ष अगाडी मृत्यु भईसकेको छ । बुबाको मृत्युपछि उनै रोहितले दुईवटा बैंक र एउटा व्यापारीक फर्मलाई डुबाएर भारत पसेका छन् । रोहित एण्ड सन्स फर्मको नामबाट तोरिको पिना कोलकाता निर्यात गर्दै आएका उनले एकवर्ष नबित्दै आफ्नो जायजेथा मात्रै डुबाएका छैनन, एनआईसी एशियाको साढे ६ करोड र उद्योगी श्रवण अग्रवाललाई समेत ८ करोड रुपिँया डुबाएको खुलेको छ ।

उद्योगी अग्रवालले पारखको घर भाडामा लिएर शिवभगवती ट्रेडर्सको फर्म सञ्चालनमा ल्याएका थिए । उद्योगका उत्पादनसहित झण्डै ८ करोड रुपिँया आसपासको मालसामान त्यहि घरमा गोदाम गरिएको थियो । पारखले गोदाममा राखिएकोे माल सामग्री एनआईसी बैंकलाई देखाएर करोडौं कर्जा निकालेपछि गत मंसिरमा सम्पर्कबिहीन भएका हुन् । उद्योगी एवं शिवभगती ट्रेडर्सका सञ्चालक अग्रवालका अनुसार एनआईसी एशिया र एनसीसी बैंक र आफ्नै गोदाम भएकोले शिवभगतीको गोदाममा तीनवटा ताला पुसको पहिलो हप्तादेखि लागेको छ ।

पारखले एनआईसी बैंकबाट साढे ६ करोड कर्जा निकालेर फरार छन् । अग्रवालको शिवभगतीले एनसीसी बैंकबाट कर्जा लिएको थियो । त्यहि गोदाममा भएको सामान देखाएर कर्जा लिएपछि एनआईसी बैंकले पुस ३ गते र त्यहि गोदाम देखाएर शिवभगतीले कर्जा लिएको भएर एनसीसी बैंकले पुस ८ गते ताला लगाएका हुन् । झण्डै आठ करोडको सामाग्री थुनिएको छ, उद्योगी एवं शिवभगवती ट्रेडर्सका सञ्चालक अग्रवालाले भन्नुभयो–बजारमा सुनिरहेको छु, मिटर ब्याजमा डुबिसकेको थियो रे । मोरङको कटहरी गाँउपालिका ४ मा रहेको आफ्नो जग्गा र गोदाम पारखले ब्यापारिक प्रतिष्ठान शिव भगवती ट्रेडर्सलाई नौवर्षदेखि बहालमा लगाउँदै आएका थिए । गोदाममा शिवभगवती ट्रेडर्सको ८ करोड बढीको गहुँ र मकै थियो ।

पारखले एनआईसी बैंकका कर्मचारीसँगको मिलेमतोमा जग्गा र गोदामको साथै शिवभगवतीले भण्डारण गरिराखेको खाद्यान्न पनि बैंकमा धितो राखेर कर्जा झिकेका हुन् । बैंकले कर्जा प्रवाह गर्दा फर्मको नाम कुन व्यक्तिको नाममा छ भन्ने कुरा यकिन नगर्दा व्यक्तिको फन्दामा फसेको हो । अग्रवाल शिवभगतीका साझेदार मात्रै हुन् । उनीसँगै अर्का मुकेश अग्रवाल त्यसको प्रोप्राइट छन् । गोदाममा भएको मालवस्तु बिग्रने चिन्ता भएको उनीहरुले बताएका छन् । एनआईसी एशिया बैंकले ताला लगाएपछि एनसीसीले समेत आफुले कर्जा प्रवाह गरेको मालवस्तु भएको गोदाममा ताला लगाएको हो ।
पारख फरार भएको थाहा पाएपछि एनआईसी बैंकले ताला लगाएको हो । उनी आफ्नो परिवारसहित शनिहाटको घरबाट भागेका थिए । त्यस अगाडी उनले बैंकबाट कर्जा लिईसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्