घरबाट भागेका देवर-भाउजुद्वारा होटलमा विष सेवन गरी आत्महत्या

घरबाट भागेका देवर-भाउजुद्वारा होटलमा विष सेवन गरी आत्महत्या

घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर–भाउजूको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने आकलन गरिएको छ ।

“भाउजूको हिजो बेलुकी ५:१५ बजे र देवरको राति ११:३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भयो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भन्नुभयो, “घटनाबारे विस्तृतमा अनुसन्धान हुदैछ ।” देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे खुल्न सकेको छैन ।
“उपचारमा रहेका कोलीले भाउजूले केको पात दिइन्, खाँदा बिरामी परेँ भन्थे”, थापाले भन्नुभयो, “उनीहरु होटल आउँदा पनि सामान्य अवस्थामा नरहेको बुझिएको छ ।” प्रहरीका अनुसार दुबैको शव महाकाली अस्पतालमा राखिएको छ । प्रहरीले शव परीक्षणपछि मृत्युको कारण खुल्न सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्