भारतबाट भित्र्याइएको २ लाख २५ हजारको बोईलर कुखुरा विराटनगरमा पक्राउ

भारतबाट भित्र्याइएको २ लाख २५ हजारको बोईलर कुखुरा विराटनगरमा पक्राउ

विराटनगर । मोरङ प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याइएको २ लाख २५ हजार मूल्य बराबरको ब्रोइलर कुखुरासहित एकजनालाई विराटनगर रोडशेषबाट पक्राउ गरेको छ । भारतको जोगवनीबाट नेपालतर्फ प्रदेश १–०४००१ च ००४६ नं. को पिकअप भ्यानमा राखी ल्याउँदै गरेको अवस्थामा रोडशेषबाट पक्राउ गरिएको हो ।


प्रहरीले कुखुरासहित कटहरी गाउँपालिका ५ बस्ने बर्ष २८ को किरन कुमार सरदालाई समेत पक्राउ गरेको छ । उनले अन्दाजी ७५० केजी २ लाख २५ हजार बराबरको बोईलर कुखुरा ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिइएको थियो ।

नियन्त्रणमा लिइएको कुखुरा जिल्ला पशुक्वारेन्टाईन मोरङका प्रतिनिधी, स्थानिय मानिस तथा प्रहरीको रोहवरमा नष्ट गरिएको छ । कुखुरा ल्याउन प्रयोग भएको सवारी साधन सहित मानिस आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्