विश्वविद्यालय गन्तव्यमा एभरेष्ट

<span class='c1'>विश्वविद्यालय गन्तव्यमा</span> <span class='c2'>एभरेष्ट</span>

विराटनगर । विद्यालय शिक्षामा सर्वोत्कृष्टको छवि बनाएको विराटनगरको एभरेष्ट एजुकेशन फाउण्डेसनले गन्तव्य विश्वविद्यालय तहसम्मका कक्षा सञ्चालन गर्ने लक्ष्य राखेको छ । मन्टेश्वरी कक्षा देखि स्नातकोत्तरसम्मको शिक्षा प्रदान गर्ने लक्ष्य लिएको फाउण्डेशनले यसवर्षदेखि विराटनगरमा सञ्चालित एम्स कलेजलाई समेत आफ्नो स्वामित्वमा लिएको छ । यो सँगै फाउण्डेसन अन्तर्गत न्यू एभरेष्ट कलेज, विराटनगर–५ र एम्स कलेज विराटनगर–९ बाट स्नातक तहमा विभिन्न विषयका अध्यापन सुरु गरेको हो ।

त्रिभुवन विश्वविद्यालयका बिबिएस र बिएससि सिएसआइटी, बिएचएम र बिएका कोर्ष अध्यापन गराउने यस फाउण्डेसनले न्यू एभरेष्ट कलेजमा बिबिएस र बिएससि सिएसआइटीका कक्षा सञ्चालन गर्दैछ, एम्स कलेजमा बिबिएस सहित बिएचएम र बिएका कोर्षहरुको अध्ययापन गरिने फाउण्डेसनका प्रबन्ध निर्देशक तथा प्राचार्य टीकाराम पुरीले बताउनुभयो ।
अत्याधुनिक भौतिक संरचनासहित सञ्चालनमा रहेको फाउण्डेसनले शिक्षा समेत अन्तर्राष्ट्रियस्तरको प्रदान गर्ने अठोट लिएको छ । हामी प्रदेश १ को राजधानी विराटनगरबाट नै विश्वस्तरीय शिक्षा प्रदान गर्दैछौं , प्राचार्य पुरीले भन्नुभयो, अन्तर्राष्ट्रियस्तरको शिक्षाका लागि अब भौतारीनु पर्दैन । मन्टेश्वरीदेखि कक्षा १२ सम्मको अध्ययन र नतिजामा उत्कृष्ट बन्दै अघि बढेको एभरेष्ट एकजुकेशन फाउण्डेसनले आफ्ना छात्रछात्रा विश्वजगतमा सहजै प्रतिष्पर्धि बन्नसक्ने दावी गरेको छ । प्रविधियुक्त गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने मर्मलाई आत्मसाथ गरेको यस फाउण्डेसन अन्तर्गतका सवैसंस्थालाई प्रविधिमैत्री बनाएको छ । यस्तै अध्ययापन गराउने शिक्षक तथा प्राध्यापकहरुलाई समेत अपडेट गराउँदै सवैलाई प्रविधिमैत्री बनाएको छ ।

पछिल्लो समय एभरेष्ट विद्यार्थी तथा अभिभावकको पहिलो रोजाई बन्दै गएको छ । अन्तर्राष्ट्रियस्तरको भौतिक संरचना, प्रविधियुक्त र अभ्यासमा आधारीत अध्ययापन, खेलकुद तथा मनोरञ्जनका लागि अन्तर्राष्ट्रियस्तरका पूर्वाधारलगायतले सवैको आकर्षणको केन्द्र बनेको हो । स्वीमिङपुल, बास्केटबल, फुटबल, टेबलटेनिसलगायतका खेलकुदकालागि निर्माण गरिएका भौतिक पूर्वाधारले समेत सवैको मन जित्ने गरेको छ ।

परिणाममुखि अध्ययापन गराउने एभरेष्ट एजुकेशन फाउण्डेसनले विद्यार्थीको सर्वाङ्गिण विकासका निम्ति पनि उसैगरि ध्यान दिएको अभिभावकको बुझाई छ । अभिभावकसंघका प्रदेश अध्यक्ष देवी पन्थि भन्नुहुन्छ, एभरेष्ट एजुकेशन फाउण्डेसनले गरेको शैक्षिक र पूर्वाधार विकासले प्रदेशकै साख बढाएको छ । अन्तर्राष्ट्रियस्तरको शिक्षा लिन विदेश नै जानुपर्ने बाध्यतालाई यसले हटाएको उहाँको भनाई छ ।

कक्षा १२ को नजिता प्रकाशन भएसँगै यस एजुकेशन फाउण्डेसन अन्तर्गतको एम्स कलेजले समेत बिएचएम अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आकर्षण गरेको छ । नयाँ व्यवस्थापनसहित सञ्चालित यस कलेजले गरेको भौतिक संरचनाको विकास, आफ्नै बेकरी उद्योग, कफी सप र तालिम ल्यावले विद्यार्थीको मन जितेको हो ।
फाउण्डेसनले स्नातकतहको अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई समयमै सम्पर्क गर्न समेत अनुरोध गरेको छ । गुणस्तरीय शिक्षा प्रदान गर्न निश्चित विद्यार्थीको मात्र भर्ना लिइने भन्दै प्राचार्य पुरीले निर्धारीत समयपछि आउने विद्यार्थीको भर्ना लिन नसकिने समेत सवैमा जानकारी गराउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्