‘पानी, सिमसार र जीवन’ भन्ने नाराका साथ सिमसार दिवस मनाइदै

‘पानी, सिमसार र जीवन’ भन्ने नाराका साथ सिमसार दिवस मनाइदै

विराटनगर । आज विश्व सिमसार दिवस । ‘पानी, सिमसार र जीवन’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइदै छ । सिमसारको संरक्षण र यसको महत्वका बारेमा जनचेतना फैलाउने उद्देश्यले सन् १९७१ को फ्रेबु्रअरी २ तारिखका दिन रामसार महासन्धी स्थापना गरिएको थियो । अहिले यो महासन्धीमा ६०० वढी देशहरु सामेल भएका छन् । औपचारीक रुपमा नेपाल सन् १९८७ मा यस महासन्धीको सदस्य भएको थियो । भने सन् १९९१ देखि नेपालले पनि सिमसार दिवस मनाउन थालेको हो । आज विभिन्न कार्यक्रमको आयोजना गरी सम्बन्धित सरोकारवाला निकायहरुले सिमसार दिवस मनाउदै छन् ।

नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये १९३ प्रजातिका चरा, लोपोन्मुख प्रजातिका १७२ वनस्पति र प्राणी, मेरुदण्ड भएका २० प्रजातिका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिको वनस्पतिमध्ये २५ प्रतिशत र २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा छन् । विश्वको पर्यायवरणमा सिमसारको भुमिका अत्यन्त महत्वपूर्ण रहेको छ । सिमसार भन्नाले धाप वा दलदल, घोल, तालतलैया, पोखरी, दहकुण्ड, नदीनाला, बाढी क्षेत्र जलाशय सिञ्चित धानखेत, जलक्षेत्रका घाँसे मैदान वा जंगललाई बुझाउँछ । नेपालमा रहेका ५ हजार ३ सय ५८ वटा ताललाई सिमसारका रुपमा राखेर संरक्षण गर्ने अभियान समेत सञ्चालन गरिएको छ ।

नेपालमा २ हजार ३२३ हिमताल, ५ हजार जलाधार, १ हजार ३ सय ८० पोखरी र ५ हजार १ सय ८३ जटा तलैया रहेका छ । भने, सिमसार क्षेत्रले ओगटेको कूल क्षेत्रफल ६० हजार ५६१ हेक्टर रहेको छ ।
सिमसार भित्र जल परिचालन र शुद्धीकरण निरन्तर चलिरहने भएकाले पनि यसलाई प्रकृतिको मिर्र्गाैलाका रुपमा समेत लिने गरिएको छ । पछिल्लो समयमा मानिसहरु सहज आवासको खोजी गर्दै भू–अतिक्रमण बढ्दै गएकाले पनि सिमसार क्षेत्रको जोखिमा पर्दै गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्