नवराज कट्टेल
विराटनगर । एघारवर्ष अगाडी धनपालथान नोचाका मन्जर हुसैन कतार जाँदा गाउँ शान्त थियो । लामो समयसम्म चलेको राजनीतिक द्वन्द्वले समेत नछोएको नोचा स्थानीयको आफ्नै खाले दैनिकीसँग परिचित थियो । यो बीचमा ३९ वर्षीय मन्जरले नोचा–कतार आउजाउ दोहो¥याउँदै गए । जति पटक गाउँ फर्केर आउँथे, त्यति नै पटक साहु आतंकले स्थानीय आजित भईरहेको सुन्थे । आफ्नै घरमा छिरेका साहुलाई उनले पाँचवर्ष अगाडी पाखा त लगाए तर आतंक ज्यूँकात्यूँहु थियो ।
गतवर्षको फागुन महिनामा उनै मन्जर कतारबाट नोचा फर्के । फर्कदा उनले कतारमा कमाएकोमध्ये ३६ लाख रुपैँया साहुलाई तिरेको सम्झे । आफ्ना बुबाले छ लाख रुपैँया विराटनगर–९ का मन्टु भन्ने सन्जयप्रसाद रौनियारसँग लिएका थिए । त्यहि पैसा तिर्न कतार हानिएका मन्जर कमाएको रकम बुझाउँदा–बुझाउँदै जीवन ढल्काईरहेका थिए । मिटरब्याजी मन्टुले कसेर लिएको ब्याजसहित साँवा भुक्तानी गरिसकेको थिएँ, मन्जरले भने–उनले मेरो तीन कठ्ठा जग्गाको लालपूर्जा र कपाली फिर्ता दिएनन् । यहि विषयमा मन्टुसँग कुराकानी गरेका मन्जरले सकारात्मक जवाफ पाएनन् ।
त्यो आवेग र बिद्रोही भावले मन्जर मन्टु विरुद्धको अभियानमा लागे । मन्टुले गाउँका सबैलाई आतंकित पारिसकेका थिए । कतिपयको उठिबास लगाए, त्यसको हिसाब थिएन । तर, गाउँमा बोल्नसक्ने कसैसँग हैसियत नहुँदा ऋणमा डुबाइएको गाउँ स्तब्ध मात्रै थियो । कतारबाट नेपाल आएका मन्जरले गत कार्तिकदेखि मन्टुको ऋणले थिचिएकाहरुलाई एकिकृत गर्दै मिटरब्याज विरुद्ध लड्ने अभियान सुरुवात गरे । मन्टु पीडित गाउँलेलाई फकाए र बोल्न साहश भरे । गत मंसिरमा उनै मन्जरको अगुवाईमा मन्टु विरुद्ध सम्पति सुद्धिकरण विभागमा मुद्दा दर्ता गरियो र मंसिरमा जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी ।
मोरङ प्रहरीले तिनै मिटरब्याजी मन्टुलाई मंसिर २९ गते नियन्त्रणमा लियो । नियन्त्रणमा लिएको भोलिपल्टै मुद्दा चलाउने आधार नभेटाएको भन्दै छोड्न सक्ने संभावना बढेको थियो । तर, मन्जरले प्रहरीमाथिको विश्वास गुम्न नदिन सञ्चारमाध्यमको सहयोग समेत लिए । मोरङ प्रहरीले लामो समयसम्म मिटरब्याजी मन्टुको कारोबारलाई अनुसन्धान ग¥यो । निष्कर्षमा सर्वसाधारणलाई ‘टाट’ पल्टाउने गरि ऋण लगानी गरेर ब्याज असुल्ने गरेको देखियो । जिल्ला अदालत मोरङले ठगी र आपराधिक लाभ लिएको अभियोगमा अनुसन्धानका लागि स्वीकृति दियो ।
प्रहरीमा मन्टु पीडित १७ जना सर्वसाधारणले जाहेरी दिएका थिए । जसका आधारमा प्रहरीले गरेको अनुसन्धान सरकारी वलिकको कार्यालयले अभियोजनको रुपमा अदालतमा दर्ता गरेको थियो । अदालतले मन्टु विरुद्धको १३ अभियोगमा पूर्पक्षका लागि थुनामा राख्न र ४ अभियोगमा धरौटी आदेश गरिदियो । गाउँ नै स्तब्ध भएका बेला फुर्सदमा नभएका मन्जरले एकाएक गाउँको मुहारमा उज्यालो भरिदिएको यो घटना सुन्दा अचम्म लाग्ने भएपनि भोग्नेहरुको पीडा महसुश गर्नै नसक्ने थियो । जिल्ला अदालत मोरङका न्यायधिश इश्वर पराजुलीको इजलासले मिटरब्याजी मन्टुलाई थप अनुसन्धानका लागि पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरिरहँदा मन्जर भने कतार हिडिंसकेका थिए । उनी अहिले काठमाण्डौंमा रोकिएका छन् । उनले भने–जीवनमा कहिले कहिलेको बिद्रोह न्यायका लागि आधार बन्दोरहेछ ।
गाउँभरका ऋणीहरु मन्टुलाई अदालतले छोड्ने हो कि भनेर चुपचाप र शान्त थिए । तर, पूर्पक्षका लागि थुनामा गएपछि मन्टु पीडितको संख्या अझै बढ्न सक्ने मन्जरको अनुमान छ । दुनियाँलाई डुबाएको छ तर बोल्न कोहि तयार छैनन्, मन्जरले भने अहिले बोल्नेहरुले साहस बटुलेका हुन् । मन्जरले साहुको ऋण चुत्ता गर्दै कतारमै रहँदा आफ्नो जीवनकालका केहि आधार समेत तयार गरेका छन् । उनी अहिले कतारमा मुन लाइट कम्पनि चलाउँछन् । जसले त्यहाँका कम्पनिहरुलाई आवश्यक पर्ने कामदार आपूर्ति गर्दै आएको छ ।
लकडाउन अगाडी घर आएका मन्जर कतार फर्कन नपाउँदा छट्पटीमा छन् । तर, पनि गाउँघरका आफन्त र छिमेकीलाई साहुको जन्जिरबाट निकाल्न उनले कतार फर्कने हतारो नगरेको बताउँछन् । मलाई अदालतमाथि विश्वास थियो, मन्जरले आदेश आएपछि खुशी व्यक्त गर्दै भने–हामीसँग अर्को कुनै विकल्प थिएन, जुन बाटो अदालतको थियो । उनले अगाडी थपे, अब मन्टुले पनि उच्च अदालतको बाटो रोज्न पाउने अधिकार छ र हाम्रो पनि न्यायलयसँग भरपर्ने आधार छ ।
अदालतमा दायर भएको अभियोग पत्र अनुसार मन्टुले १७ जना सर्वसाधरणलाई विभिन्न मितिमा ‘ठगी’ र अपराधिक लाभ लिएको पुष्टि भएपछि १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रूपैयाँ बिगो, दुवै मुद्दामा ७ वर्ष कैद र ठगी अनुसारको जरीवनाको माग दाबी जिल्ला सरकारी वकिलको कार्यालय मोरङले गरेको हो ।
ठगीतर्फ मुलुकी अपराध संहिताको दफा २५३ को उपदफा (१) र (२) वमोजिम सात वर्षसम्म कैद र जरिवानाको मागदाबी छ । यस्तै अपराधिक लाभ लिएको मुद्दामा अपराध संहिता, २०७४ को दफा २५३ को उपदफा (३) को देहाय (क) वमोजिम सात वर्षसम्म कैद र ठगी गरेको जरिवानाको माग दाबी लिएर अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला साहयक न्यायधीवक्ता मनिषबाबु पोखरेलले जानकारी दिए ।
मोरङ प्रहरीको अनुसन्धानबाट मन्टुले १७ जना सर्वसाधरणलाई ९२ लाख ८८ हजार रूपैयाँ कर्जा दिएर २ करोड ७० लाख ३१ हजार रुपैयाँ असुली गरेको खुलेको छ । मिटरब्याजमा ऋण दिएको भन्दा पाँच गुणा बढी रकम असुली गरिसक्दा पनि उनीहरूबाट अझै १ करोड ३८ लाख ९८ हजार ४ सय रुपैयाँ १७ जना पीडितहरूसँग माग गरेको अभियोग पत्रमा उल्लेख छ ।