लिम्पियाधुरा–कालापानी समेटिएको नेपालको नक्सा कक्षा–८ र ११ को पाठ्यक्रममा सरकारद्वारा समावेश

<span class='c1'>लिम्पियाधुरा–कालापानी समेटिएको नेपालको नक्सा कक्षा–८ र ११</span> <span class='c2'>को पाठ्यक्रममा सरकारद्वारा   समावेश</span>

विराटनगर, माघ २१
लिम्पियाधुरा–कालापानी सहितको भुभाग समेटिएको नेपालको नक्सा कक्षा–८ र कक्षा–११को पाठ्यक्रममा सरकारले समावेश गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नयाँ नक्सा दुवै कक्षाको पाठ्यपुस्तकमा समेटिएको जानकारी दिए। यस अघि केही त्रुटि भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पाठ्यपुस्तकबाट हटाउन लगाएको भन्दै आलोचना भएको थियो।

भारतले मिचेको लिम्पियाधुरा तथा कालापानीसहित भूभाग फिर्ता गरी नक्सा नेपालको संविधानमा संशोधन भई सो नक्सा पारित भएको थियो। सरकारले जेठ ७ गते नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो। जुन कदम देशैभर स्वागत भएको थियो। तर पछि सरकारले पाठ्यक्रममा नक्सा नराख्दा यसको विरोध भएको थियो।

योसँगै लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा विद्यार्थीले आफ्नै किताबमा पढ्न र हेर्न पाउने भएका छन्। -थाहा खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्