राष्ट्रिय फुटबल: विराटनगर महानगरपालिकाद्वारा नेपाल पुलिसमाथि जित

राष्ट्रिय फुटबल: विराटनगर महानगरपालिकाद्वारा नेपाल पुलिसमाथि जित

विराटनगर महानगरपालिकाको महिला फुटबल टोलीले नेपाल पुलिसको विभागिय टोली माथि जित हासिल गरेको छ । महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार भएको खेलमा विराटनगरले नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
विराटनगरको तर्फबाट पार्वती घलले खेल सुरु भएको नवौं मिनेटमा गोल गरेकि थिइन । उनको उक्त गोल नै निर्णायक भएको थियो ।
आजको जितपछि विराटनगर ६ खेलमा ३ मा जित , २ मा हार र एकमा बराबरी सहित १० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ।


तस्विर साभार: एन्फा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्