प्रचण्ड-नेपाल समूहका अध्यक्ष साथमा चिउरा र पानि लिदै बसे धर्नामा

<span class='c1'>प्रचण्ड-नेपाल समूहका अध्यक्ष साथमा चिउरा</span> <span class='c2'>र पानि लिदै बसे धर्नामा</span>

विराटनगर, माघ २२
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुल्चोकमा धर्ना बसेका छन्।

उक्त समूहले आयोजना गरेको आमहड्तालका लागि प्रचण्ड सडकमै धर्ना बसेका हुन्। धर्नामा बसेका नेकपा नेताहरूले दालमोठ, चिउरा र पानी अगाडि राखेका छन्।

यसअघि जुलुसमा नाराबाजी गरेपछि प्रचण्डले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका थिए।

प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको बताए।

'हामी माघ २८ गते विशाल प्रदर्शन गर्दैछौं। त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ। त्यसपछि केपी ओलीको आयु सकिन्छ,’ प्रचण्डले भने

उनले भोलि ओली समूहले नारायणहिटी दरबारअगाडि गर्न लागेको सभा पञ्च र्‍याली भएको बताए।

'२०४६ सालको जनआन्दोलन अघि पञ्चायतले पैसा दिएर लाखौं मान्छे ल्याएर र्‍याली गर्थ्यो। अहिले उहाँहरूले पनि त्यही गर्न लाग्नुभएको छ,’ प्रचण्डले भने,‘हामीले जनआन्दोलन गरिरहेका छौं। उहाँहरू पञ्च र्‍याली गर्दै हुनुहुन्छ।’

संवैधानिक निकायका पदाधिकारीलाई संसदीय सुनुवाइबिनै सपथ खुवाएर प्रधानमन्त्री ओलीले भद्दा प्रतिगमन गरेको उनले बताए।

'मैले त यसलाई जंगली राज भनेको छु,' प्रचण्डले भने।

प्रचण्ड सहभागी जुलुसमा कार्यकर्ताहरूले 'आदेश देऊ प्रचण्ड हामी लड्न तयार छौं'लगायत नारा लगाएका थिए। -तस्बिर : सेतोपाटी

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्