राष्ट्रपति, प्रधानमन्त्रीसहित ३९ जनालाई विपक्षी बनाई सर्वोच्चमा सभामुखकाे रिट, पेसी पर्सिलाई तोकियो

<span class='c1'>राष्ट्रपति, प्रधानमन्त्रीसहित ३९ जनालाई विपक्षी बनाई सर्वोच्चमा</span> <span class='c2'>सभामुखकाे रिट, पेसी  पर्सिलाई तोकियो</span>

काठमाडौं ,
माघ २३/strong>

संवैधानिक परिषदमा विभिन्न संवैधानिक आयोगमा गरिएको नियुक्ति असंवैधानिक रहेको भन्दै सभामुख अग्नि सापकोटाले दायर गरेकाे सर्वोच्च अदालतले दर्ता गरेकाे छ। उक्त रिटको पेसी सर्वोच्च अदालतले आइतबारलाई तोकेको ‍छ। सापकोटा आफैं रिट लिएर अदालत पुगेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र मुख्य सचिव शंकरदास वैरागीसहित संवैधानिक परिषद्मा नियुक्ति शपथ ग्रहण गरेकाहरूलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन्।

संसदीय सुनुवाइबिना गरिएको नियुक्ति अवैधानिक रहेको भन्दै सभामुख सापकोटासहित शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरू पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका थिए।

रिक्त रहेका विभिन्न संवैधानिक आयोगका पदाधिकारीको बुधबार नियुक्ति गरिएको थियो। संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न आयोगका पदाधिकारीको नियुक्ति गरेकी थिइन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोग लगायत संवैधानिक निकायमा प्रमुख आयुक्त, अध्यक्ष, आयुक्त, सदस्य लगायत पदाधिकारी नियुक्ति भएको छ। गत मंसिर ३० गते बसेको संवैधानिक परिषद् बैठकले विभिन्न संवैधानिक निकाय र आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो। -थाहा खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्