८८ कैदीबन्दीलाई कोरोना खोप

<span class='c1'>८८ कैदीबन्दीलाई</span> <span class='c2'>कोरोना खोप</span>

जिल्ला कारागार डडेल्धुरामा रहेका ८८ लाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टका अनुसार कारागारमा बन्दी जीवनयापन गरिरहेका ६९ जना कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका १९ सुरक्षामाकर्मीलाई खोप लगाइएको हो ।

कारागारमा सुरक्षाकर्मी र कैदीबन्दी गरी ९३ जना थिए जसमध्ये १० महिला र ८३ पुरुष कैदीबन्दी छन् । उनीहरूमध्ये पनि २४ कैदीबन्दीले उक्त खोप लगाउन नमानेको कोभिड सम्पर्क व्यक्ति भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “कारागारमा रहेका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका थियौँ तर, २४ बन्दीले लगाउन मान्नुभएन, उनीहरूलाई पनि लगाउन आग्रह गरिरहेका छौँ ।” पहिलो चरणमा कोरोना नियन्त्रणका लागि डडेल्धुराका फ्रन्टलाइनमा काम गर्ने एक हजार २० स्वास्थ्यकर्मी, कर्मचारीलाई, कैदीबन्दीसहित सुरक्षाकर्मीलाई पनि खोप लगाइएकोे जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले यहाँका सातवटै स्थानीय तहका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीलाई पनि पालैपालो खोप लगाउने काम शुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । कम्तीमा पनि छ दिनभित्रमा पहिलो चरणको खोप लगाइसकिने योजना भए पनि उक्त सात दिनका लागि थप गरिएको छ डडेल्धुरामा कुल एक हजार ६० डोज खोप उपलब्ध भएको थिायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्