आइपिएलका लागि नेपालबाट ८ खेलाडी सूचिकृत

आइपिएलका लागि नेपालबाट ८ खेलाडी सूचिकृत

इन्डियन प्रिमियर लिग(आईपीएल)को आगामी संस्करणको निलामी प्रकृयामा सहभागी गराउन नेपालबाट आठ जना खेलाडीको नाम समावेश भएको छ । फेब्रुअरी १८ मा आईपीएलको आगामी संस्करणका लागि खेलाडीहरुको निलामी प्रकृया सुरु हुनेछ ।
कुल एक हजार ९७ जना खेलाडी सूचीकृत भएको आगामी संस्करणको लागि नेपालबाट ८ खेलाडीको नाम नेपाल क्रिकेट संघ(क्यान)ले पठाएको हो ।
क्यानका सचिब अशोकनाथ प्याकुरेलले प्रिमियर लिगको आगामी संस्करणमा सहभागी हुन यस अघि आइपिएल खेलिसकेका सन्दीप लामिछानेका साथै बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा र दिपेन्द्रसिंह ऐरीको नाम सूचिकृत भएको छ ।
यस अघि देल्ली क्यापिटल्समा आवद्ध सन्दिप लागमिछानेलाई आगामी सिजनको लागि रिलिज गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्