विराटनगर हिमालय रोडको स्वरुप परिवर्तनमा व्यापारी नै असन्तुष्टि

विराटनगर हिमालय रोडको स्वरुप परिवर्तनमा व्यापारी नै असन्तुष्टि

विराटनगर । विराटनगरको मुख्य बजारमा रहेको हिमालय रोडको सौन्दर्यकरण गरिने भन्दै महानगरले एमजी रोड अर्थात भारतको सिक्कीम राज्य गान्तोकमा रहेको महात्मा गान्धी रोडको स्वरुपमा परिवर्तन गर्ने योजना बनाएपछि स्थानिय व्यापारीहरुले भने असन्तुष्टि जनाएका छन् ।
आवर विराटनगरले यस अघि नै हिमालय रोडलाई एमजी रोड अर्थात महात्मा गान्धी रोडको स्वरुपमा परिवर्तन गर्दै भन्ने विषयमा भिडियो सहितको समाचार सम्प्रेषण गरेको थियो ।

उक्त सडकलाई आगामी दशैंसम्ममा पूर्ण स्वरुप परिवर्तन गरि सक्ने महानगरको योजना सहित अहिले डिपिआरको तयार भईरहेको छ । विराटनगरको ट्राफिक चौकदेखी महेन्द्रचौक सम्मको १ सय ५० मिटर दुरी रहेको हिमालय रोडलाई महानगरले नो भैकल्स अर्थात सवारी साधन प्रवेशमा निषेध सहितको योजना बनाउन लागेको छ । तर लामो समयदेखी व्यापार व्यावसाय गर्दै आएका स्थानिय व्यापारीहरु भने उक्त योजना प्रति सन्तुष्ट छैनन् ।


बिसौ बर्षदेखी पुस्तकको व्यापार व्यावसाय गर्दै आएका छौँ, ‘हाम्रो पसल भन्दा पनि रोड अग्लो बनाउने भन्ने सुनेको छु’, यो त एकदम गलत हो । यसले हामीलाई ठूलो असर पार्छ मैनाली पुस्तक पसलकी सर्मिला मैनालीले गुनासो गर्नुभयो । हिमालय रोड विराटनगर बजार प्रवेश गर्ने मुख्य नाका भएका कारण यसले प्रत्यक्ष असर पर्ने मोवाईल पसल संचालन गर्दै आउनुभएका मधु राईले बताउनुभयो । यसको लागी महानगरले अर्कै वैकल्पिक स्थान रोज्नु पनेृ राईले बताउनुभयो ।

विराटनगरको सुन्दरतालाई थप मदत पुर्याउन र पर्यटकलाई आर्कषण गर्न महानगरले नयाँ स्वरुपमा बनाउन लागेपछि अहिले ट्राफिक चौक देखी महेन्द्र चौक सम्म बनिरहेको पिच सडक पनि अहिले उक्त योजनाको लागी भनेर रोकिएको छ । साथै रोडमा रातको समयमा बिद्युत जाँदा पनि बत्ती बलिरहने गरि सोलार बिजुली, र सिसि क्यामारा जडित आकर्षित मुर्तिहरु राखिने भएको छ । सडकको दुबै किनारमा भएका भवनहरुलाई एकै किसिमको आकर्षक रंग लगाइने भएको छ ।

हो महानगरले थालनी गरेको नयाँ योजना महानगरको लागी सहि होला तर स्थानिय व्यापारीहरुको असन्तुष्टिका विच काम गर्नाले भोलीको दिनमा अफ्ठ्यारो नआउला भन्न सकिन्न । अर्को कुरा विराटनगरको एतिहासिक रथ यात्रा कुदाउने ठाँउ पनि त्यही रोड भएका कारण यसले अर्को दुविधा पनि ननिम्ताउला भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्