४०४औँ हप्तामा वाग्मती सफाइ महाअभियान

<span class='c1'>४०४औँ हप्तामा वाग्मती</span> <span class='c2'>सफाइ महाअभियान</span>

वाग्मती सफाइ महाअभियानको ४०४ औँ हप्तामा आलोकनगर शिव मन्दिर नजिकैको नदी किनारमा सफाइ गरिएको छ । सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नवनियुक्त आयोजना प्रमुख रवीन्द्र बोहरा, काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी, नेपाली सेनाको चण्डी दल गण सिंहदरबार, एस ट्राभल्स, पहिलो पाइला, काठमाडौँ महानगर फोहर व्यवस्थापन विभाग टेकु, वाग्मती फोहर उन्मूलन उपभोक्ता समाज, आलोकनगर समुदाय, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

नवनियुक्त आयोजना प्रमुख बोहरालाई वाग्मती सफाइ महाअभियानले स्वागत गरेको छ । कार्यक्रममा समितिका अध्यक्ष तिमल्सिना र आयोजना प्रमुखले वाग्मती नदी छिटोभन्दा छिटो स्वच्छ बनाउने दृढता व्यक्त गर्नुभएको थियो । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान जारी छ । वाग्मतीसँगै उपत्यकामा यसका सहायक नदी पनि सफाइ भइरहेको छ । यसबाट प्रभावित भई हाल देशभर १०६ स्थानमा सफाइ भइरहेको छ ।

फायल तस्विर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्