“भ्यालेन्टाइन्सलाई लक्षित गरेर क्विकरफुडले ल्यायो फुड–एन्टाइन्स”

“भ्यालेन्टाइन्सलाई लक्षित गरेर क्विकरफुडले ल्यायो फुड–एन्टाइन्स”

विराटनगर । पश्चिमी सँस्कृतिलाइ सहजै अंगाल्दै आएका नेपाली “भ्यालेन्टाइन्स डे” अर्थात “प्रेम दिबसमा” रमेको छर्लगै देखिन्छ। हाम्रो सहर विराटनगर पनि सुस्तरि–सुस्तरि बेहुलि झै सुसज्जित झैं बेग्लै खुसीमा मुस्कुराइ रहेको छ। ती खुशी र मुस्कानमा आफ्नो सेवाको रस भर्न क्विकरफुडले भ्यालेन्टाइन्सलाइ लक्षित गरी “फुड–एन्टाइन्सका” साथ धेरै भन्दा धेरै अफर ल्याइसकेको छ।

आफुलाई मनपर्ने खानालाई भोकको सारथी बनाइ केही पलमै ढोका सम्मै ल्याइदिने सहजताका कारण निकै छोटो समयमा नै विराटनगरवासीको मन–मस्तिष्कमा कव्जा गर्न क्विकरफुड सफल भएको छ। सुलभ सुविधालाइ मध्यनजर गर्दै समय र परिस्थिति सापेक्ष छुट र उपहार प्रदान गर्ने क्विकरफुड भ्यालेन्टाइन्सका निम्ति “फुड–एन्टाइन्सका” साथ पनि उत्तिकै उत्साह र जोशमा देखिन्छ।
फेव्रूअरी ६ देखि सुरु हुने उक्त “फुड–एन्टाइन्समा” मा सोधिने प्रश्नको सही उतर दिने मध्ये एक भाग्यशाली बिजेतालाइ भायनेट कम्युनिकेशनको ६ महिनाको फ्रि इन्टरनेटको व्यवस्था रहेको छ। त्यसै गरी यो अबधि भरी अर्डर गर्ने मध्ये ५ भाग्यशाली जोडी लाइ “भ्यालेन्टाइन्स डे” मा आमाज व्याक्यार्द, विंक, ह्यासट्याग र ग्रील टु चिल रेस्टुरेन्ट फ्रि डिनर कुपन दिइनेछ। साथै यस फुड–एन्टाइन्समा ५ भाग्यशाली जोडी लाई सिटी सिनेमाको मोभि टिकट दिइनेछ।

क्विकरफुडका निर्देशक दिबस दाहालका अनुसार ७ फेव्रूअरी देखि १४ फेव्रूअरी सम्म एन.आइ.सी एसियाको भिषा वा मास्टरकार्ड मार्फत अनलाइन भुक्तानी गर्ने गा्हकले १४ प्रतिशत अथवा रु. ३५० सम्मको क्यास–व्याक पाउने छन्। साथै डिजिटल वालेट खल्ती बाट १४ जना भाग्यशाली ग्राहक लाई २०० बराबरको खल्ती भौचर प्रदान गरिनेछ।
यस अवधिभर ग्राहकहरुले (गुलाबको फूल, चकलेट, टेडी बियर, मफिन) पेष्ट्री, कपल टिसर्ट, फुड कुपन जस्ता बिभिन्न आकर्षक उपहारको पनि व्यवथा भएको जानकारी दाहालले दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्