नन्दु गुरुङको स्वरमा म्युजिकल फिल्म ‘सँगसँगै कान्छी…’ ले मन जित्दै (भिडियो सहित)

नन्दु गुरुङको स्वरमा म्युजिकल फिल्म ‘सँगसँगै कान्छी…’ ले मन जित्दै (भिडियो सहित)

विराटनगर माघ २६ , मोरङका उदयमान युवा गायक नन्दु गुरुङको स्वरमा म्युजिकल फिल्म ‘सँगसँगै कान्छी…’ युट्युव मार्फत् सार्वजनिक भएको छ ।

भिडियोमा अभिनेता दयाहाङ राई र नग्मा श्रेष्ठले अभिनय गरेका छन् ।

भूटानी शरणार्थी र शिविरसँग जोडिएको नेपाली समाजको कथालाई समेटेर गित संगै कथा बोल्ने भिडियो बनाएको गायक गुरुङले बताए ।

भिडियो पथरीशनिश्चरे १० मा अवस्थित शिविरमा छायांकन गरिएको हो । गीतमा अनिल धिरुलको शव्द र देव गुरुङको संगीत रहेको छ भने भिडियोलाई रंगकर्मी जीवन बरालले निर्देशन गरेका छन् । त्यसैगरी कलाकार सरोज तिम्सिनाले सहायक निर्देशकको भूमिका निभाएका छन् । भिडियोलाई भूपेन्द्र तुम्वाहाम्फेले खिचेका हुन् भने सम्पादन अनिल रानाले गरेका हुन् ।

भिडियो तथा गित अहिले सामाजिक संजाल टिकटक लगायतमा भाइरल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्