मनमोहन विश्वविद्यालयले थाल्यो निर्माण सामाग्रीको गुणस्तर परीक्षण

<span class='c1'>मनमोहन विश्वविद्यालयले थाल्यो निर्माण</span> <span class='c2'>सामाग्रीको गुणस्तर परीक्षण</span>

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले भौतिक निर्माणमा प्रयोग हुने सामग्रीहरूको व्यावसायिक परीक्षण गर्न थालेको छ । मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुढास्थित विश्वविद्यालयले आधुनिक प्रयोगशालामा निर्माण कार्यमा प्रयोग हुने रड, सिमेन्ट, बालुवा, गिट्टी आदि सामग्रीहरू मापदण्ड अनुसारको गुणस्तर परीक्षण सुरु गरेको हो ।

मनमोहनको प्रयोगशालामा सरकारी, गैरसरकारी संघसस्था मात्र नभएर व्यक्तिले समेत भौतिक सामग्री न्यून शुल्कमा परीक्षण गराउन पाउँनेछन् । प्राविधिक विश्वविद्यालय प्रशासन प्रमुख मदनकुमार श्रेष्ठका अनुसार भौतिक निर्माण सामग्री परीक्षण गर्दा सरकारको जिल्लास्तरको समितिले तोकेको शुल्क मात्र लिने गरिएको छ । र, सबै परीक्षणहरू अन्तराष्ट्रिय मापदण्डको अटोमेटिक मेसिनहरूबाट हुने गर्दछ ।
आफ्नै विद्यार्थीहरूको प्रयोगात्मक कक्षाका लागि मनमोहन प्राविधिक विश्वविद्यालयले भौतिक निर्माण सामग्री परीक्षण ल्याब स्थापना गरेकोे हो । तर गुणस्तर परीक्षण गर्ने प्रयोगशालाको अभावलाई ख्याल गर्दै सबैका लागि व्यवसायीक रूपमा पनि परीक्षण गर्न थालेको प्रशासन प्रमुख श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार प्रचारप्रसार नगरे पनि प्रदेश भरिका पालिकाहरूले मात्र नभएर सचेत व्यक्तिहरूले पनि आफै सोधखोज गर्दै भौतिक निर्माण सामग्री गुणस्तर परीक्षणका लागि पठाउने गरेका छन् । हाल प्रदेश १ मा धरानको इन्जिनियरिङ क्याम्पस र मोरङ हात्तीमुढाको मनमोहन प्राविधिक विश्वविद्यालयमा मात्र भौतिक निर्माण सामग्रीको परीक्षण हुनेगरेको छ । भौतिक सामग्री परीक्षण प्रयोगशालाको पहुँच सहज नहुँदा धेरैले बिना परीक्षण कमगुणस्तरिय सामग्री प्रयोग गरेर संरचना निर्माण गर्न बाध्य भइरहेका छन् ।

भौतिक निर्माण कार्यलाई गुणस्तरिय बनाउन त्यसमा प्रयोग हुने सामग्रीहरू पनि मापदण्ड अनुसारको गुणस्तरिय हुन आवश्यक हुन्छ । रड, सिमेन्ट वा ढुङ्गाबालुवामध्ये एक सामग्री मात्रै कमगुणस्तरिय प्रयोग भएमा लाखौं, करोडौंको लगानी खेर जान्छ । यसैले संरचना निर्माण गर्नु अगाडि सामग्रीको परीक्षण गराए ढुक्क हुन सकिन्छ । यसैेले भौतिक निर्माण कार्यलाई भरपर्दो र गुणस्तरिय बनाउन प्रदेश १ को इलाम, वसन्तपुरमा पनि ल्याब स्थापना गर्ने मनमोहन प्राविधिक विश्वविद्यालले तयारी गरेको जनाएको छ ।

मनमोहनले भौतिक निर्माण कार्यलाई गुणस्तरिय बनाउन अर्को वर्षदेखि विश्वविद्यालयले भौतिक संरचना निर्माणबारेको ‘स्टक्चर ईन्जिनियरिङ’ र ‘वास्तुशास्त्र तथा मिथिला थारु संस्कृति आर्किटेक इन्जिनियरिङको’ पठनपाठन सुचारु गराउन तयारी थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्