विद्यार्थीको लागि “बिजनेस स्किल ह्याकाथोंन” कार्यक्रम इटहरीमा हुँदै

विद्यार्थीको लागि “बिजनेस स्किल ह्याकाथोंन” कार्यक्रम इटहरीमा हुँदै

विराटनगर । विद्यार्थीको लागि जीवनउपयोगी “बिजनेस स्किल ह्याकाथोंन” कार्यक्रम इटहरीमा हुने भएको छ । माघ २९ गते बिहिबार आइएनजी स्किल एकेडेमी काठमाडौंको आयोजनामा इटहरीमा उक्त कार्यक्रम हुने भएको हो । “बिजनेस स्किल ह्याकाथोंन” कार्यक्रम इटहरी स्थित सुन्दरहरैँचा ४ मा रहेको इटहरी इन्टरन्यासनल कलेज हुने भएको छ ।

कार्यक्रममा सहभागिता जनाउनको लागि विद्यार्थीले फारम भर्नु पर्ने छ भने फारमको लागि कुनै शुल्क नलाग्ने आइएनजी स्किल एकेडेमी काठमाडौंका कार्यकारी प्रमुख निखिल राज श्रेष्ठले जानकारी दिए । कार्यक्रम बिहिबार बिहान ८ बजेदेखि सुरु हुनेछ ।

उक्त कार्यक्रममा कक्षा १२ पास गरेका विद्यार्थीले सहभागिता जनाउन पाउने छन् । विभिन्न वर्कशप सहितको जीवनउपयोगी कार्यक्रममा सहभागि विद्यार्थीलाई प्रमाणपत्र समेत प्रदान गरिने छ । विशेषगरी बाणिज्य क्षेत्रका विद्यार्थीको निम्ति यो कार्यक्रम उपलब्धिमुलक हुने श्रेष्ठले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्