विराटनगरको एभरेष्ट कलेजमा ‘इन्टरयाक्टिभ फ्लाट प्यानल’ माध्यम पठनपाठन

विराटनगरको एभरेष्ट कलेजमा ‘इन्टरयाक्टिभ फ्लाट प्यानल’ माध्यम पठनपाठन

विराटनगर । विराटनगरस्थित एभरेष्ट कलेजमा ‘इनटरयाक्टिभ फ्लाट प्यानल’ माध्यमबाट पठनपाठन सुरु गरिएको छ । कक्षा कोठामा विद्यार्थी अनुपस्थित रहँदा समेत प्रविधिको माध्यमबाट सहजै अध्ययन गर्न सकिने प्रणालीबाट शिक्षक सिकाई सुरु गरिएको हो ।

प्रविधिमार्फत कम्युटर, प्रोजेक्टर, टिभी, क्यामेरा, हवाईट बोर्ड, साउण्ड सिस्टमले चित्र, अक्षर, अंकहरु पढ्न, लेख्न र मेटाउन सकिने सुविधा यो माध्यममा हुन्छ । कक्षा कोठाको सिकाई पद्धतिलाई अभिभावकले समेत घरमै बसेर प्रविधिको प्रयोगमार्फत हेर्न सक्ने भएका हुन् ।

पढाईको बारेमा सोझै ईमेल गर्न, अनुपस्थित भएको विद्यार्थीलाई समेत भर्चुअल कक्षाको माध्यायमबाट समेटन, लेखिएको भनिएको तथा देखाईएको सामाग्रीलाई ‘क्यूआर कोर्ड जेनेरेट’ गरी सजिलै सेभ गर्न र सेयर गर्न सकिने सुविधा समेत रहेको छ । ल्यापटप, मोबाईल, ट्याबलेट आदिमा रहेको सामाग्रीहरुलाई यसमा पठाउन, सकिने भएकाले यस प्रविधिबाट पठनपाठन गर्न सहज र प्रभावकारी हुने एभरेस्ट कलेजका उप–प्रमुख नवराज कोइरालाले बताउनुभयो ।

पन्ध्रदिन अगाडीदेखि यो प्रणालीको अध्ययनअध्यापन सुरु गरेको एभरेष्टले बिबिएस, बिएसी–सिएसआइटीमा अध्ययनरत विद्यार्थी तथा प्लस–टु मा पढ्ने विद्यार्थीलाई लक्षित गरेको छ । हाल एउटा मात्र ईन्ट्रयाक्टिभ फ्ल्याट प्यानल रहेपनि यसबाट विद्यार्थी र अभिभावकमा पर्ने प्रभावका आधारमा प्यानल थप गरिने कोइरालाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्