विराटनगरमा अनाधिकृत ग्यास सिलिण्डर कारोबार गर्दै आएका व्यापारी नियन्त्रणमा

विराटनगरमा अनाधिकृत ग्यास सिलिण्डर कारोबार गर्दै आएका व्यापारी नियन्त्रणमा

विराटनगर । विराटनगरमा अनाधिकृत रुपमा ग्यासको कारोबारमा संलग्न एकजना व्यापारी नियन्त्रणमा परेका छन् । सेवाग्राहीलाई बेच्न राखिएका सिलिण्डर सहित त्यसका संचालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो । विराटनगर ९ स्थित नर्बदा कम्पेक्स उत्तरमा महेन्द्र सेठियाले संचालन गर्दै आएको सिद्धार्थ टे«डर्समा जिल्ला प्रहरी कार्यालय मोरङले आईतबार गोप्य सुचनाको आधारमा छापा हानेर सञ्चालकलाई नियन्त्रणमा लिनुका साथै सिलिण्डर समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वमा खटिएको प्रहरीको टोलीले लुकाएर राखिएको ग्यासका सिलिण्डर बरामद गरेको थियो । महेन्द्र सेठियाले २ वटा कम्पनीका मात्र ग्यासका सिलिण्डर बेच्न पाउने अनुमति लिएका छन् । तर, उनले अन्य विभिन्न कम्पनीका सिलीण्डरहरु पनि अनाधिकृत रुपमा बेचेको पाइएपछि प्रहरीले छापामा मारेको हो ।
सेठियाले अहिलेसम्म मनोज र पराजुली कम्पनीको मात्र बेच्न पाउने अनुमति लिएका छन् । पश्चिम पर्सा जिल्लामा रहेको मनोज ग्यास उद्योग प्रालिको स्वीकृत लिएर संचालक सेठियाले लामो समयदेखि अनाधिकृत रूपमा मोरङ र झापाका आधा दर्जन कम्पनीको ग्यास विक्री वितरण गर्दै आएका थिए ।

उनले कोशी, मेची, सुविधा, रिजाल, भेरी प्रिज्मा, भेरी लगायतको ग्यास सिलिण्डर अनाधिकृत रुपमा विक्री वितरण गरेको पाइएको हो । प्रहरीले छापा हानेर सेठियाको डिर्लसदेखि ६१ थान ग्यास सिलेण्डर बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।
‘ग्यासको चुलो र अन्य विभिन्न सामाग्री विक्री हुने होलसेल पसलमा अनाधिकृत रूपमा ग्यास सिलण्डेर विक्री वितरण हुने गरेको गोप्य सूचना प्रहरीमा पुगेपछि मोरङ प्रहरीले उक्त टे«डर्समा छापा हानेको हो । टे«डर्समा छापा हानेर कोशी ग्यासको ३५ थान, प्रिम्पको १५ थान, मेची २, सुविधाको २, पाथिभराको २, रिजाल, भेरीको १÷१ थान ग्यास सिलेण्डर बरामद गरेको हो । बरामद गरेको ग्यास सिलिण्डर र संचालक सेठियालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्