कोभिड पछि कलेजहरु कसरी खोल्ने ? यस्ता छन् ३ सुत्रहरु

कोभिड पछि कलेजहरु कसरी खोल्ने ?  यस्ता छन् ३ सुत्रहरु

पवन पोख्रेल /काठमान्डू

कोभिडको संक्रमण जोखिमलाई न्यूनिकरण गर्दै अब शैक्षिक संस्थाहरु खोलिने क्रममा छन् । एकातर्फ लगभग वर्ष दिन जतिको बन्द पछि खुल्न लागेका शैक्षिक संस्थाहरु अनि अर्कोपटि कोभीड संक्रमण जोखिम र संभावना ।
आखिर अबका दिनमा स्कुल अनि कलेजहरु खोल्दा के कस्तो कुरामा ध्यान दिनु पर्दछ त ? यस विषयमा आजको यस आलेख आवर बिराटनगरमा तयार गरेका छौं ।

कोभिड एउटा जोखियूत्तफ् र गम्भीर संत्रफ्मण हो, यसमा कुनै दुईमत छैन । तर यस्का कारण नै आँउदा पुस्ताको भविष्य र करियर नै धरमरमा राख्न सकिँदैन ।
कोड अपफ् कन्डक्ट :

कोभिडको संक्रमण जोखिमको न्यूनिकरणका लागि शैक्षिक संस्थाहरुले कडा कोड अफ कन्डक्टको पालना गर्नुपर्ने देखिन्छ । यसरी संस्थाको परिसरमा छिर्ने हरेक व्यक्तिहरुको जोखिम न्यूनिकरणका मापदण्डहरु जस्तै मास्क, स्यानीटाइजरहरुको अनिवार्य प्रयोग एकातिर छ । अर्कोतर्फ संस्था परिसरमा लागु पर्ने भौतिक दुरीको प्रावधान पनि जरुरी छ ।
यसरी संक्रमण जोखिम न्यूनीकरणका लागि कोड अफ् कन्डक्ट बनाँउदा शैक्षिक संस्थाको कक्षाकोठाको बनावट र डेस्क बेन्च राख्ने शैलीको पनि गम्भीर महत्व रहन्छ ।

अनलाइन कक्षाहरुलाई प्रश्रय :

कोभिडपछिको अवस्थामा शैक्षिकसंस्थाहरु नै घरघरमा छरिएका छन् । यस्को अर्थ हो, अनलाइन कक्षाहरु मापफर््त शिक्षकहरु आआपफ््नो घरमा बसेर पढाइरहेका छन् बिधार्थीहरु आआपफ््नो घरमा नै बसेर सुरक्षितरुपले पढिरहेका छन् । शैक्षिक संस्थाहरुले कोभिडपछिको अवस्थामा आपफ््ना भौतिक कक्षाहरुलाई अनलाइन कक्षाले पूर्ति गर्दै आएका छन् । कोभिडपछिको अवस्थामा अनलाइन कक्षाहरु, अनलाइन जाँच दिने र परिणाम सहित आउने कक्षाहरुको शुरुवात हरेक शैक्षिक संस्थाहरुले गर्न जरुरी छ ।

स्वास्थ्य समस्याहरु र स्वास्थ्य जाचलाई प्राथमिकता :

कोभिड अगाडि शैक्षिक संस्थाहरुमा स्वास्थ समस्या र जाँचहरुलाई उति धेरै महत्व दिएको पाइन्न । यद्धपी कोभिड पछिको अवस्थामा भनें हरेक सुष्म स्वास्थ समस्या र जाँच अनि रिपोर्टहरुको संवेदनशीलता बढेको छ । आगन्तुकहरुलाई अनिवार्य पीसीआर जाँच, बिधार्थी प्रवेश गर्दा प्रथम पटकमा कुनै लक्षण देखिएको खण्डमा पीसीआरको अनिवार्यता पनि लागु गरिन जरुरी रहन्छ । रुघाखोकीलाई कोभिड भन्दा अगाडि भफ्ैं सामान्य रुपमा नलिएर गम्भीररुपमा लिन जरुरी रहन्छ । ज्वरो, रुघाखोकी लगायतको लक्षण देखिएमा बिधार्थीह्रुलाई घरमै बसेर अनलाइन अध्ययन गर्न सक्ने वातावरण मिलाउन जरुरी रहन्छ ।

अब पहिलेझैँ बिधालय या स्कुलमा मोबाइल ल्याएमा बिधार्थीहरुलाई दण्ड दिने प्रावधान रहने छैन किनभनें प्रविधीमैत्री हुन सबैका लागि जरुरी भएको छ । यस्का साथै समयसमयमा हात धुने र भौतिक दुरी कायम गरि बढ्ने बढाउने प्रणालीहरुको शुरुवात जरुरी रहन्छ ।

लेखक नामी कलेजका कार्यकारी अधिकृत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्