विराटनगरको बजारमा अनाधिकृत रुपमा ग्यासका सिलिण्डर बिक्री गर्ने व्यापारीलाई २० हजार जरिवाना

विराटनगरको बजारमा अनाधिकृत रुपमा ग्यासका सिलिण्डर बिक्री गर्ने व्यापारीलाई २० हजार जरिवाना

विराटनगर । सेवाग्राहीलाई खाना पकाउने ग्यासका सिलिण्डर अनाधिकृत रुपमा बेच्ने व्यापारीलाई २० हजार रुपैँया जरिवाना गरिएको छ ।
विराटनगर ९ स्थित नर्बदा कम्पेक्स उत्तरमा महेन्द्र सेठियाले संचालन गर्दै आएको सिद्धार्थ टे«डर्स र नविन चन्द्र स्टोरलाई २०\२० हजार जरिवाना गरिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग कार्यालय विराटनगरले कारबाही स्वरुप जरिवाना गराएको छ । उपभोक्ता संरक्षण एेन दफा ३८ (घ) ले कसुर गरेको ३९ (१) ‘क’ अनुसार २० हजारक दरले जारिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय मोरङले गोप्य सुचनाको आधारमा छापा हानेर सञ्चालकलाई आईतबार नियन्त्रणमा लिनुका साथै ठूलो परिमाणमा सिलिण्डर समेत बरामद गरेको थियो ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वमा खटिएको प्रहरीको टोलीले सेठियाले संचालन गर्दै आएको टे«डर्सको गोदाममा लुकाएर राखिएको ग्यासका सिलिण्डर बरामद गरेको थियो ।

महेन्द्र सेठियाले २ वटा कम्पनीका मात्र ग्यासका सिलिण्डर बेच्न पाउने अनुमति लिएका छन् । तर, उनले अन्य विभिन्न कम्पनीका सिलीण्डरहरु पनि अनाधिकृत रुपमा बेचेको पाइएपछि प्रहरीले छापामा मारेको हो ।
सेठियाले अहिलेसम्म मनोज र पराजुली कम्पनीको मात्र बेच्न पाउने अनुमति लिएका छन् । पश्चिम पर्सा जिल्लामा रहेको मनोज ग्यास उद्योग प्रालिको स्वीकृत लिएर संचालक सेठियाले लामो समयदेखि अनाधिकृत रूपमा मोरङ र झापाका आधा दर्जन कम्पनीको ग्यास विक्री वितरण गर्दै आएका थिए ।

विना विल विजक जारी नगरी खरिद एवम विक्री वितरण गरी गैर कानुनीरुपमा ग्यासको सिलिण्डर विक्री वितरण गरेको ग्यासका सिलिण्डर अति सम्वेदनशिल भएका कारण कुनै पनि बेला हाम्रा घरमा अप्रिय घटना घटन सक्छन् । तर यसरी अनुमति नलिएका कम्पनीले भोलीदिनमा कुनै घटना घट्यो भने सम्बन्धीत कम्पनीहरुले जिम्मा लिने गरेको पाईदैन त्यसैले यस्ता गतिविधीबाट सचेत रहनुपर्ने पोखरेलको भनाई छ ।
उनले कोशी, मेची, सुविधा, रिजाल, प्रिज्मा, भेरी लगायतको ग्यास सिलिण्डर अनाधिकृत रुपमा विक्री वितरण गरेको पाइएको हो । प्रहरीले छापा हानेर सेठियाको डिर्लसदेखि ६१ थान ग्यास सिलेण्डर बरामद गरेको थियो । टे«डर्समा छापा हानेर कोशी ग्यास ३५ थान, प्रिज्मा १५ थान, मेची २, सुविधा २, पाथिभरा २, रिजाल, भेरीको १÷१ थान ग्यास सिलेण्डर बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्