युथ युनिटी अफ नेपालले एक कार्यक्रमको आयोजना गर्दै विराटनगर १७ स्थित मस्जिदे कुवा आधारभूत विद्यालयका ५० जना विद्यार्थीहरुलाई वितरण गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष जफर एकवालले आगामी दिनहरुमा पनि यस्ता शैक्षिक योगदान पुर्याउदै जाने प्रतिबद्दता ब्यक्त गरेका कार्यक्रम संचालक एवं क्लबका उपाध्यक्ष हमिद आजादले जानकारी दिएका छन् ।
उक्त कार्यक्रमको प्रमुख आतिथ्य रेजा अहमद (हाजी सोनु) ले गरेका थिए भने कार्यक्रममा लियो सोसाइटी जोन चेयरपर्सन लियो मोजाइद हक , मदरसाका शिक्षक मौलाना काफिल ,मौलाना आरिफ रिजवान लगायतको उपस्थिति रहेको थियो।
यसका साथै फिड द निड नेपालले सोसाईटि जोन, मोमेनटस को सहयोगमा सो विद्यालयका ५०जना गरिब तथा असहाय बालबालिकालाई स्कुल ब्याग र शैक्षिक सामग्रि वितरण गरिएको छ।
यस सस्था कि अध्यक्ष कृतिका राजकर्णिकरले कार्यक्रममा बोल्दै काठमाडौं मात्र नभई नेपाल का बिभिन्न ठाउँ जस्तै बिराटनगर , गोरखा, चितवन , मकवानपुर जस्ता ठाउँमा आफ्नो संस्थाले कार्यक्रम गर्दै आएको र अगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने कुराको जानकारी दिएकि छिन।
बिधार्थीहरु प्रति शिक्षाको आक्रोश बढोस र कुनै बिधार्थी लाई पठनपाठनमा समस्या आएमा हामी लाई सम्झनुस | सोसाइटी जोन का अध्यक्ष मोजाहिद हकले भने।