टिकटकका कारण परीक्षा रद्द, , परिक्षा गराउनेलाई ३ वर्ष प्रतिबन्ध

<span class='c1'>टिकटकका कारण परीक्षा रद्द, ,</span> <span class='c2'>परिक्षा गराउनेलाई ३ वर्ष प्रतिबन्ध</span>

दुल्लू सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो ।

आठबीस नगरपालिका–६ सिंहासैनको कालिका माध्यमिक विद्यालयका छात्र शाहीलाई राष्ट्रिय परीक्षा बोर्डले परीक्षा रद्द गरेको जनाएको छ । विसं २०७७ मङ्सिरमा सञ्चालित कक्षा १२ को परीक्षामा सहभागी छात्र शाहीले परीक्षाको समयमा भएका कामको टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकाले परीक्षा रद्द गरिएको बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।

त्यसैगरी टिकटकको विषयलाई लिएर विद्यालयमा निरीक्षकको रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई समेत परीक्षा बोर्डले तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारवाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्