संस्थागत स्वःलेखाजोखा क्षमता बृद्धि कार्यक्रम सम्पन्न

संस्थागत स्वःलेखाजोखा क्षमता बृद्धि कार्यक्रम सम्पन्न

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ÷कृषि–उद्यम केन्द्रले समृद्धि परियोजनाको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश न. १ को संस्थागत क्षमता स्वः लेखाजोखा कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ का अध्यक्ष टिकाराज ढकालले गर्नुहँुदै लेखाजोखा बाट प्रदेशको आगामी कार्य योजना बनाउन मद्दत पुग्ने र के कस्तो कमीकमजोरी रहेको पत्ता लगाउन सहयोग पुग्ने र आफनो कार्यकालमा यसलाई सुधार गदै लाने प्रतिवद्धता जनाउनुभएको छ।

प्रदेशमा रहेका जिल्ला नगर उद्योग वाणिज्य संघको संस्थागत क्षमता अभिवृद्धि लगायत सचिवालय सुद्ददढिकरण गदै व्यवासयीकतातर्फ लाने र व्यवसाय प्रवद्र्धन र हकहितको पक्षमा लाग्दै प्रदेशको अभिभावकत्व लिने समेत विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकारबाट विभिन्न परियोजना प्राप्तीको लागि सहकार्य भइरहेको र सो परियोजनाको कार्यान्वयनको लागि कृषि उद्यम केन्द्रबाट आवश्यक सहयोगको अपेक्षां गदै सफल कार्यान्यनको लागि साझेदार बन्ने र त्यसको लागि महासंघबाट सहयोग हुने विश्वास राख्नु भएको थियो । प्रदेशमा कृषि उद्यम केन्द्र स्थापना गरि सकेको र त्यसलाई संचालनको लागि महासंघबाट उचित मार्ग निर्देशन र आवश्यक सहयोगका साथै केन्द्रसंगको सहकार्य गरेर जान प्रदेश तयार रहेको बताउनु भयो ।

कार्यक्रममा स्वःलेखाजोखा कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै रामेश्वर मानन्धर केन्द्रिय सदस्य कृषि उद्यम केन्द्र उपसभापतिले महासंघले संचालन गरेको परियोजनाहरुलाई व्यवस्थित रुपमा संचालन गर्दै पारदर्शिता, प्रभावकारिता र परिणामुखी कार्यमा संचालन गर्दै लानेमा जोड दिनु भयो । त्ससमा नयां व्यवस्थापन खरो रुपमा उत्रने कुरा बताउनुभयो । समृद्धि परियोजनाको सहयोगमा भइरहेको संस्थागत क्षमताको लेखाजोखाबाट सहयोगको समृद्धि हासिल गर्न कोशेढुगां सावित हुने भएकोले यसलाई मनन गरि अगाडि बढन सकेको खण्डमा कार्यक्रम सफल हुने भएकोले प्राप्त सुझावलाई मनन गर्दै भावी योजना निर्माणमा जोड दिनु पर्ने र भविष्यमा ७ वटा प्रदेशमा कृषि उद्यम केन्द्रको शाखा विस्तार गरिने लक्ष्य रहेको समेत जानकारी गराउनभयो ।

छलफल कार्यक्रममा नेउवामहासंघ केन्द्रिय सदस्यहरु नरेन्द कुमार खडका, रामेश्वर मानन्धर, गजेन्द्र कुमार भगत र प्रदेशका पदाधिकारी र सदस्यहरुको उपस्थित रहेको सो कार्यक्रमको संचालन राधारमण भण्डारी, प्रवन्धक निर्देशक र सहजकर्ताको रुपमा कृषि उद्यम केन्द्रका कार्यक्रम विकास विज्ञ ज्ञानेश्वर महतो, र कार्यक्रम अधिकृत अरुण श्रेष्ठले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्