‘अर्जुन रेड्डी’ नेपाली रिमेक भर्सनको ‘लिड’ कलाकारका लागि अडिसन हुँदै

<span class='c1'>‘अर्जुन रेड्डी’ नेपाली रिमेक भर्सनको</span> <span class='c2'>‘लिड’ कलाकारका लागि अडिसन हुँदै</span>

काठमडौं,
सुपरहिट दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने चर्चासँगै यति बेला नेपाली रिमेकको लागि चलचित्र युनिट कलाकारको खोजी गरिरहेको छ । निर्माण तथा वितरणको लागि अुनमति लिएको युवा चलचित्रले अहिले चलचित्रको लागि कलाकारको अडिसन लिने तयारी गरिरहेको छ ।

चलचित्रलाई विशाल सापकोटाले निर्देशन गर्ने भएका छन् । करिब १ वर्ष अघि नै निर्माण घोषणा गरिएता पनि कोरोनाका कारण चलचित्र केही समय पछि सरेको थियो ।

चलचित्रको लागि मुख्य नायक, नायिका र अन्य कलाकारको अडिसन गरिने बताइएको छ । केही महिना अघि नै अर्जुन रेड्डीको रिमेक बन्ने समाचार बाहिरिएको थियो । यो चलचित्रमा केही नायकहरुको नाम समेत जोडिएको थियो । युवा फिल्म्सको अनुसार केही दिनमै अडिसन गरिनेछ भने अडिसन दिनको लागि [email protected] मा इमेल गर्न सकिने जनाइएको छ ।

दक्षिण भारतीय स्टार विजय देवगरकोन्डा अभिनित यस चलचित्रलाई सन्दिप रेड्डी भङगले निर्देशन गरेका हुन् । उक्त चलचित्रले बक्स अफिसमा ५१ मिलियन कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यही चलचित्रको हिन्दी रिमेक ‘कबिर सिंह’ गत वर्ष प्रदर्शनमा आएको थियो । जसले निकै राम्रो व्यापार गर्न सफल भएको थियो । बलिउड अभिनेता साहिद कपुर अभिनीत चलचित्रले बक्स अफिसमा ३७९.०२ करोड कमाइ गरेको थियो ।

‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । दक्षिण भारतीय चलचित्रको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो । चलचित्रलाई केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्दै छन्। - news24 nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्