दराज हाट बजार : ईएमआई सेवा, खेल एक रुपैयाँको र महा डिल अफर

<span class='c1'>दराज हाट बजार : ईएमआई सेवा, खेल</span> <span class='c2'>एक रुपैयाँको र महा डिल अफर</span>

विराटनगर । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले आज (फागुन ११–२०७७, २३ फेब्रुअरी, २०२१) मंगलबारदेखि ‘दराज हाट बजार’ सुरु भएको हुने घोषणा गरेको छ । यस अभियानका साथ दराजले ग्राहकहरुको लागि महा डिल, शून्य ब्याजमा सजिलो मासिक किस्ता (ईएमआई), खेल १ रूपैयाँको, निः शुल्क वितरण, निः शुल्क भाउचरहरु जस्ता आकर्षक प्रस्तावहरु लिएर आएको हो ।

यसका साथै ग्राहकहरुले दराज हाट बजारमा ५ लाख भन्दा बढी उत्पादनहरू उत्तम मूल्यमा पाउनेछन् जसमा हरेक प्रकारका लुगा कपडा, नयाँ ग्याजेट, किराना, इत्यादी सामानहरू पर्दछन् । दराज हाट बजारमा प्रदर्शित “खेल १ रुपैयाँको” गेममा भाग लिने ग्राहकहरुले रु १९ हजार ९९९ मूल्यको नयाँ “मोटोरोला जी प्ले” जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्न सक्नेछन् । यस बाहेक ग्राहकहरुले रु १५,९९० मूल्यको “अनर वाच म्यगिक” घडी, साथै रु २१ हजार ७२५ पर्ने आकर्षक “तिन सेटको कामिलिंत जक सफ्ट साइड स्पिनर सुटकेस” पनि जित्न सक्नेछन् । यिनिहरु सहित रु ७ हजार ८४५ पर्ने “छ महिनाको डिश होम इन्टर्नेट प्याकेज” पनि जित्न सकिन्छ साथै अन्य उत्पादनहरु पनि रहेका छन् । खेलमा भाग लिन ग्राहकहरूले बैंक कार्ड मार्फत माथि तोकिएको समानहरुलाई दराज एपमा दिइएको भाउचर कोड प्रयोग गरि १ रुपैयाँमा भुक्तानी गर्न सक्दछन् । यदि जितेनन् भने रकम फिर्ता हुनेछ ।

किनमेललाई सुविधाजनक बनाउन दाराजले नेपालका ४ अग्रणी बैंकहरू एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, र माछापुच्छ्रे बैंकसँग साझेदारी गरि सजिलो मासिक किस्ता सेवा (ईएमआई) शुरू गरेको छ । माथि उल्लेखित बैंकका ग्राहकहरूले उनीहरूको क्रेडिट कार्डको साथ आफुलाई मनपरेको उत्पादनहरू शून्य ब्याज र शून्य डाउनपेमेन्टमा खरिद गर्न सक्दछन् । यसबाहेक, ग्राहकहरूले दराज बैंक डेज छूट मार्फत डेबिट र क्रेडिट कार्ड बाट प्रीपेमेन्ट गर्दा थप १५ प्रतिशत (रु ५०० सम्म) छुट् पाउन सक्छन ्। यो अफर प्रत्येक दिन एकल बैंकमा सीमित छ ।
बैंक डेज अफर निम्नानुसार छ :
आइतवार : सिद्धार्थ बैंकबाट १५ प्रतिशत सम्म छूट (अधिकतम रु ५००)
सोमबार : सानिमा बैंकबाट १० प्रतिशत सम्म छूट(अधिकतम रु ५००)
बुधवार : एनआईसी एशिया बैंकबाट १० प्रतिशत सम्म छूट(अधिकतम रु ५००)
शुक्रवार : नाबिल बैंकबाट १० प्रतिशत सम्म छूट (अधिकतम रु ५००)
शनिवार : स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट १० प्रतिशत सम्म छूट (अधिकतम रु ५००)

साथै उच्च मागका कारण, दराजले आफ्नो वितरण सेवा उपत्यका बाहिरका २० नयाँ स्थानहरुमा विस्तार गरेको छ । यसकारण सुरक्षित र सजिलो अनलाईन किनमेलका फाइदाहरू अनुभव गर्न यो अभियान नयाँ प्रयोगकर्ताहरूको लागि उत्कृष्ट सुरूवात हुनेछ। नयाँ स्थानहरु तल सूचीबद्ध छन् । जसमा बर्दिबास, भीमदत्त, महेन्द्रनगर, छिरेश्वरनाथ, दमौली, देवदाहा, गैँडाकोट, कलैया, कपिलवस्तु, कावासोती, खैरहानी, लाहान, लेखनाथ, लुम्बिनी सांस्कृतिक, रामग्राम, राप्ती, रत्ननगर, साइनामाइना, सुनवाल, तिलोत्तमा र जलेश्वर रहेका छन् । साथै, दराजका सबै नयाँ प्रयोगकर्ताहरूले रु २०० मूल्य भएको पहिलो अर्डर भाउचर निः शुल्क पाउनेछन् । यो केवल नयाँ प्रयोगकर्ताहरुको लागि मात्र हो । यो दराज एप पहिलो चोटी खोल्दा पाइन्छ र २ हजार वा अधिकको समान खरिद गर्दा प्रयोग गर्न मिल्छ । हाट बजारमा नयाँ प्रयोगकर्ताले अतिरिक्त भाउचरहरू जित्ने मौका पनि प्राप्त गर्नेछन ।

निः शुल्क वितरण, निः शुल्क भाउचरहरू, र बैंक डेज छुट, र नयाँ ग्राहकलाइ थप छूट हुने भएकोले हाट बजार दराजबाट अनलाइन किनमेल गर्नको लागि उत्तम समय हो। हाट बजार को लागि उत्साहित दराज नेपालका प्रबन्ध निर्देशक, लिनो अलरिङ्ग ले भने–“ईएमआइ सेवाको सुरुवात, साथै अन्य थुप्रै अफरहर, र नेपालको धेरै नयाँ स्थानहरुमा दराजको होम डेलिभरी सेवा विस्तार भएकोले दराज हाट बजार दुबै नयाँ र पुराना दराज प्रयोगकर्ताहरुको लागी दराजबाट अनलाइन किनमेल गर्न उत्तम समय हो । अहिलेको कठिन समयमा धेरै साना र मध्यम आकारका उद्यमहरू (एसएमई) दराजमा विक्रेता बनेर आय आर्जनको नयाँ प्रवाह प्राप्त गरेका छन्। मलाई आशा छ कि यस अभियानले सबै एसएमई हरुलाई अत्यावश्यक बृद्धि पाउन सहयोग गर्नेछ ।”
ग्राहक तथा कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न, दराज अझै पनि सबै भन्दा राम्रो स्वच्छता अभ्यासहरु पछ्याउदै छ । त्यस्तै गरी, ग्राहकहरूलाई समान खरीद गर्न अघि सँधै उत्पादनको र विक्रेताको रेटिंग र रिभ्यु जाँच गर्न सल्लाह दिइन्छ । थप विवरणहरू कृपया हाम्रो अभियान पृष्ठमा हेर्नुहोस् —https://click.daraz.com.np/e/_eedbP

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्