एसईई र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने आन्तरिक तयारी सुरु

एसईई र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने आन्तरिक तयारी सुरु

काठमाडौँ,
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साताबाट एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेको हो । एक साताको फरक राखेर परिक्षा लिन लागेको बोर्डले जनाएको छ।
बोर्डका उपाध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षाका लागि आन्तरिक तयारी भइरहेको उल्लेख गर्दै चैतभित्र औपचारिक परीक्षाको कार्यतालिकाबारे औपचारिक रूपमा निर्णय गरिने जानकारी दिएका छन् । हाल दुवै तहको परीक्षाका लागि बोर्डले विभिन्न चरणको काम गरिरहेको छ ।

विगतका वर्षमा चैतमा एसईई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरिएको थियो । एसईईका लागि देशभरका विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्ने म्याद फागुन ६ गते सकिएको छ भने हाल जिल्ला–जिल्लामा विद्यार्थीको अभिलेखीकरण गर्ने कार्य भइरहेको जानकारी बोर्डले दिएको छ ।

सबै विद्यार्थीको विवरण यकिन गर्न चैतसम्म लाग्ने अनुमान गरिएको छ । त्यसपछि मात्र आगामी वर्ष एसईई दिने विद्यार्थीको सङ्ख्या यकिन हुनेछ । यस पटक कोरोना भाइरस सङ्क्रमणका कारण विद्यार्थीको सङ्ख्या घट्न सक्ने प्रारम्भिक अनुमान गरिए पनि त्यसको निधो हुन सकेको छैन । सरकारले यसपटक सरकारले एउटा विद्यालय छोडेर अर्को विद्यालय गएको विद्यार्थीलाई लक्षित गरी कक्षा १० मा समेत स्थानान्तरणको सुविधा दिने निर्णय यसअघि नै गरिसकेको छ ।
हाल कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीको रजिस्ट्रेसन भर्ने काम भइरहेको छ । बोर्डले फागुनभित्र रजिस्ट्रेसन फाराम भर्ने समय विद्यार्थीलाई उपलब्ध गराएको छ । फारम भरेपछि सबै खालका तयारी पूरा गरी जेठमा कक्षा १२ को समेत परीक्षा लिन सकिने आकलन बोर्डका पदाधिकारीले गरेका छन् । कक्षा ११ को अन्तिम परीक्षा भने सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने छ । गत वर्ष सरकारले कक्षा ११ को परीक्षा सञ्चालन, नतिजा प्रकाशनलगायतको अधिकार सम्बद्ध विद्यालयलाई नै दिने निर्णय गरेको थियो । सरकारले नयाँ कुनै नीतिगत निर्णय गरेबाहेक कक्षा ११ को परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने जानकारी बोर्डका उपाध्यक्ष पौडेलले दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्