विराटनगरको जैसानी ट्रेडको गोदाममा शिलबन्दी, पाँचवर्ष अगाडी म्याद सकिएको दाल बिक्रीवितरण

विराटनगरको जैसानी ट्रेडको गोदाममा शिलबन्दी, पाँचवर्ष अगाडी म्याद सकिएको दाल बिक्रीवितरण

विराटनगर । आठ वर्ष अगाडी उत्पादन भई दुईवर्षलाई उपभोग्य समयावधी कायम गरेर प्याकेजिङ गरिएको ४० टन रहरको दाल भएको गोदाममा उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले शिलबन्दी गरेको छ । सन् २०१३ मा प्याकेजिङ गरिएको रहरको दाल सन् २०१५ सम्म मात्रै उपभोग्य अवधी तोकिएको थियो । पाँच वर्ष अगाडी म्याद सकिएको खाद्यवस्तु अहिलेसम्म बिक्री वितरण गरिएको पाइएपछि विराटनगर–७ स्थित जैसानी ट्रेड कन्र्सनको गोदाम शिलबन्दी गरिएको हो ।

नेपाल राष्ट्र बैंक अगाडी रहेको जैसानी ट्रेड कन्सनका प्रोपाइटर निखिल बोहरालाई तीन लाख रुपैयाँ जरिवना गरिएको छ । उपभोक्ताको स्वास्थ्यमाथि गम्भिर खेलवाड हुने कार्य ठहर गर्दै स्थलगत अनुगमनपछि जरिवाना भराउँदै गोदाममा शिलबन्द गरिएको कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो ।
जैसानी टे«डले टोर नाम गरेको ‘रहर’ को दाल भारतदेखि आयत गर्दछ । म्याद सकिएको रहर दाल आयात गरेर पुरानो लेवल मेटाएर नयाँ लेवल लगाई बजारमा बिक्री वितरण गर्दै आएको खुलेको छ ।

बिदेशी ब्राण्डको रहरको दाल आयत गरि विराटनगरसहित देशभरी सप्लाई गर्ने यो फर्म विराटनगरका प्रतिष्ठित उद्योगीसँग समेत जोडिएको छ । अनुगमनको क्रममा गम्भिर लापरबाही गरेको भेटेपछि भारतदेखि खाद्यबस्तुको आयतकर्ता जैसानी टे«डले जरिवाना र शिलबन्दीलाई समेत सहजै स्वीकार गरेको थियो ।
उद्योग वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा बुधबार गरेको अनुगमनको क्रममा जैसानी टे«ड कन्सनको गोदाममा ४० टन रहरको दाल बरामद भएको छ । वाणिज्यका निमित्त प्रमुख पोखरेलका अनुसार १५ केजी तौल भएको २ हजार ७ सय बोरा म्याद सकिएको रहर बरामद भएको हो ।

यो बाहेक बजारमा पनि म्याद सकिएको दाल बिक्रीका लागि पठाइएकोले उपभोक्तालाई सचेत रहेर मात्रै खरिद गर्न कार्यालयले आग्रह गरेको छ । कार्यालयले दाल प्याकेजिङ गरेको बोरामा लगाइएको लेवल कोट्याएर हेर्न र बुझेर मात्रै खरिद गर्न आग्रह गरेको हो ।
कमाउ धन्दामा लागेका व्यापारी बोहाराले उपभोक्ताको स्वास्थ्यमाथि गम्भिर खेलवाड गर्दै म्याद सकिएको रहरको दालको बोरामा सन् २०२० मा उत्पादन भएको र म्याद सकिने मिति २०२२ राखेर बजारमा पठाउने गरेका हुन् ।

म्याद सकिएको खाद्यबस्तुको बोरामा नयाँ उपभोग्य मिति भएको लेबल राखेर बिक्री वितरण गरेको कसुर हो निमित्त प्रमुख पोखरेलले भन्नुभयो–उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम ठहर्ने भएकोले तत्काल जरिवाना गरि भण्डारण गरिएको गोदाम शिलबन्दी गरियो ।
गोदामको स्टक दाल बिक्री वितरणमा रोक लगाउँदै बजारमा पठाईएको दाल समेत बरामद गर्न अनुगमन गरिने भएको छ । जैसानी टे«ड कन्सनले बजारमा पठाएको स्थानमा गरिएको अनुगमनमा दुई वटा व्यापारी फर्ममा म्याद सकिएको रहरको दाल भेटिएको छ । विराटनगरको गुद्रीमा रहेको अनोखी टे«ड एण्ड सप्लार्यस र ओम किराना पसलमा जैसानी ट्रेडले पठाएको रहरको दाल म्याद सकिएको भेटिएको हो ।

विराटनगरको गुद्रीमा रहेको अनोखी टे«ड एण्ड सप्लार्यमा १२ बोरा र ओम किराना पसलमा ३ बोरामा रहरको दाल म्याद सकिएको भेटिएको वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय निमित्त कार्यालय प्रमुख पोखरेलले जानकारी दिनुभयो । अनोखीलाई २० हजार र ओम किरानलाई ५ हजार रुपैयाँ जरिवना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्