विराटनगर भन्सार एजेन्ट संघमा तेस्रो कार्यकाल पनि परासर नै निर्वाचित

विराटनगर भन्सार एजेन्ट संघमा तेस्रो कार्यकाल पनि परासर नै निर्वाचित

विराटनगर । विराटनगर भन्सार एजेन्ट संघमा तेस्रो कार्यकालको अध्यक्षमा पनि पुनः विजेन्द्र परासर निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का प्रत्याशी प्रविण जोशीलाई १ मत अन्तरले पराजित गर्दै परासर संघको तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित परासरले निर्विवाद ढंगले भन्सार जाँचपासको कामलाई अगाडी बढाउन सहजीकरण गरिने बताउनुभयो । उहाँले भन्सार क्षेत्रलाई पारदर्शि बनाउनका लागि आफ्नो भूमिका रहने बताउनुभयो ।

विराटनगरमा सम्पन्न १० औं वार्षिक साधरणसभा तथा चौथो अधिवेशनबाट परासर नेतृत्व प्यानलको टिम विजयी बनेको छ । उपाध्यक्ष हरि प्रसाद ठाकुर, सुदर्शन दाहाल, सचिव कृष्णबहादुर थापा, सहसचिव दयानन्द मण्डल र कोषाध्यक्षमा विनोद पोद्दार निर्वाचित हुनु भएको हो । एकजना उपाध्यक्षमा नवल उपाध्यायलाई अध्यक्ष परासरले मनोनयन गर्नु भएको छ ।

उपाध्यक्षमा प्रतिस्पिर्धी अरुण खेतान र देवकीनन्दन शर्माले क्रमशः ७ र १ मत ल्याउँदा विजयी ठाकुर र दाहालले क्रमशः ११ र १४ मत प्राप्त गर्नुभएको थियो । सचिवका उम्मेदवार थापाले ९ मत ल्याउँदा अर्का प्रत्याशी राजेशकुमार गुप्ताले ७ मत प्राप्त गर्नुभयो । सहसचिव र कोषाध्यक्ष पदका उम्मेदवार मण्डल र पोद्धार भने निर्विरोध चयन भएका हुन् । यस्तै सदस्यहरुमा १५ मतका साथ रमेशकुमार कर्ण, १० मत पाएर भरतराज भट्टराई, ११ मत पाएर सुरेशकुमार अग्रवाल निर्वाचित भएका छन् । कृष्ण प्रसाद पोखरेललाई मनोनित गरिएको छ । सदस्य पदमा पराजित अन्य व्यक्तिहरुमा किशोरबहादुर शाहीले ८ मत, र गुलावचन्द्र साहले ३ मत मात्रै पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्