सोसाइटी जोनद्वारा खेलकुद एवं शैक्षिक सामग्री वितरण

सोसाइटी जोनद्वारा खेलकुद एवं  शैक्षिक सामग्री  वितरण

बिराटनगर,

लियो जिल्ला परिषद् ३२५ ए १ (सोसाइटी जोन) को आयोजनामा फिड द निड नेपाल,रिलाइबल लाइफ इन्स्योरेन्स र द रोयल बिरयानि हाउसको सहयोगमा रानि बिराटनगर १७ का मदरसा दारुससलाम इसलामपुरका बालबालिकालाई म्याट, कार्पेटका साथै खेलकुद एवं शैक्षिक सामग्री वितरण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथिमा विराटनगरका युवा समाजसेवी एवं लायन्स क्लब अफ बिराटनगर ए -वानका अध्यक्ष लायन रंजन कुमार शाही 'राष्ट्रप्रेमी ' , सोसाइटी जोन का अध्यक्ष लियो मोजाहिद इराकि , द रोयल बिरयानि हाउसका सन्चालक पप्पु अन्सारी , फिड द निड नेपाल का सदस्य एवं समाजसेवि आरिफ खान , राष्ट्रिय सहकारी बैंक लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरका कर्जा प्रमुख इमतियाज आलम , वार्ड नम्बर १७ का नेकपा सचिव हमिद अजाद ,र नेकपा युवा समाजसेवी मजहर आलम लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै सभापति इराकिले भने , 'नेपाल का बिभिन्न ठाउँमा आफ्नो संस्थाले कार्यक्रम गर्दै आएको र अगामी दिनमा पनि यस्तो कार्यक्रम गर्दै जाने छ' । त्यसैगरी फिड द निड नेपाल का सदस्य आरिफ खानले शिक्षाप्रति विद्यार्थीहरुको रुची बढ्दै जाओस र कसैलाई कुनैपनि समयमा पठनपाठनमा समस्या आएमा हामीलाई सम्झिनु भए हुन्छ भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्