इन्डिया बेस्ट डान्सरका विजेता विराटनगरमा

इन्डिया बेस्ट डान्सरका विजेता विराटनगरमा

भाइरलहुड डान्स स्टुडियोको आयोजनामा विराटनगरमा दुईदिने नृत्य कार्यशाला सुरु भएको छ । मारवाडी सेवा सदनमा शुक्रबारदेखि सुरु भएको कार्यशालामा करिब १ सय जना प्रशिक्षार्थी सहभागी भएका छन् ।
शनिबारसम्म सञ्चालन हुने कार्यशालामा इन्डिया बेस्ट डान्सर २०२० का विजेता टाइगर पप, स्याण्डी, ऋषी सूफीले प्रशिक्षण दिने स्टुडियोका संस्थापक साहिल खानले बताए । भारतको दिल्लीबाटै आएका स्याण्डीले एलेक्ट्रो डान्स फम र ऋषी सूफीले हिपहप डान्स सिकाउने उनले बताए ।

कार्यशालामा सहभागिताका लागि पन्ध्रसय रुपैयाँ शुल्क लिइएको छ । कार्यशालाको दोस्रो दिन शनिबार डान्स ब्याटल अर्थात नृत्य प्रतियोगिता हुने कार्यक्रम व्यवस्थापन सदस्य प्रियंका बस्नेतले बताइन् ।
सहभागीहरुबीचमा हुने ब्याटल विजेतालाई १५ हजार रुपैयाँ र रनरअपलाई ५ हजार रुपैयाँ प्रदान गरिने समेत उनले जानकारी दिइन् । कोरोना महामारीका कारण अस्तव्यस्त बनेको नृत्य प्रशिक्षण र अभ्यासलाई पुर्नताजगी गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको व्यवस्थापक बिक्की घिमिरेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्