प्रदेश १ कै ठुलो ईपी ल्याण्ड एण्ड वाटर पार्क संचालनको तयारी

प्रदेश १ कै ठुलो ईपी ल्याण्ड एण्ड वाटर पार्क संचालनको तयारी

विराटनगर । प्रदेश नम्बर १ कै ठुलो वाटर पार्क सुनसरीको ईटहरी-२ तालतलैयामा संचालनमा आउने भएको छ ।

करिब ३० करोडको लगानीमा ईपी ल्याण्ड एण्ड वाटर पार्क सञ्चालनको अन्तिम तयारीमा रहेको छ । फागुन १७ गतेदेखि सञ्चालनमा आउने पार्क ६ बिगाह क्षेत्रफलमा फैलिएको छ ।

पार्कमा पानीसँगै खेल्ने अत्याधुनिक ८ वटा स्लाईड रहनेछन । एक स्लाईडमा एकपटकमा ८ जनाले खेल्न सक्नेछन । पार्कमा दैनिक ५ हजार मानिसले मनोरञ्जन लिन सक्ने उनले बताए । पार्कमा ६ सय मानिस अटाउने भेभ पुल समेत रहेको छ । पुलमा बसेपछि समुन्द्रको छालमा बसेजस्तो हुने छ । पार्कमा जोरासिक,बोटिंग र लोप भईसकेको डाईनोसरको समेत अबलोकन गर्न सकिनेछ । पार्कमा जिपलाईन टावर,वाल क्लाईम्बिंग,स्नोपार्क,रेष्टुरेण्ट,बार्बे क्यू,,ईण्डियन फुड कोर्ट र आईसक्रिम पार्लर समेत रहेने छ ।

पार्कमा पुर्व एआईजी कृष्ण बस्नेत,पुर्ब डिआईजी ज्ञानबिक्रम शाह,काठमाण्डौको वु वी ल्याण्ड एम्युजमेण्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेत र उद्योग बाणिज्य संघ ईटहरीका अध्यक्ष भीमबहादुर पौडेल सञ्चालकका रुपमा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्