पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएकाे पुष्टि, चाँडै शल्यक्रिया गर्न चिकित्सकको सुझाव

पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएकाे पुष्टि, चाँडै शल्यक्रिया गर्न चिकित्सकको सुझाव

काठमाडौं
पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले बताएका छन् । ट्युमरमा क्यान्सर नभए पनि बेलैमा शल्यक्रिया नभएमा रोग अझ खतरा हुने भएकाले शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् ।
भट्टराईको वायोप्सी, डोना नोक, इन्डोस्कोपिक अल्ट्रासाउन्ड, पेटको सीटी स्क्यानसहितका परीक्षणपछि ट्युमरमा क्यान्सर नभएको चिकित्सकहरूले निष्कर्ष निकालेका छन् तर शल्यक्रिया गरि ट्युमरलाई २/३ महिनाभित्रै फाल्न चिकित्सकको सुझाव भने दिएका छन् ।।

भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा अध्यक्ष भट्टराईकोस्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्यमा समस्या आएपछि गत फागुन ११ मा दिल्ली गएका उनी भोलि नेपाल फर्कंदै छन् ।
तस्बिर : News24Nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्