इटहरीको इपी ल्याण्ड एण्ड वाटरपार्क : सर्वसाधारणले तिर्नैनसक्ने शुल्क

इटहरीको इपी ल्याण्ड एण्ड वाटरपार्क : सर्वसाधारणले तिर्नैनसक्ने शुल्क

विराटनगर । सुनसरीको इटहरीमा देशकै ठूलो इपी ल्याण्ड एण्ड वाटरपार्क सञ्चालनमा आएको छ । ३० करोड रुपिँयाको लगानीमा निर्माण सम्पन्न गरिएको पार्क सोमबारदेखि औपचारिक शुभारम्भ भई मंगलबारदेखि सञ्चालनमा आएको हो ।

नेपालमै ठूलो लगानीमा ठूलो पार्क दावी गरिएको इपी ल्याण्डमा प्रवेशमा भने सर्वसाधारणले निक्कै सोच्नुपर्ने शुल्क बुझाउनु पर्नेछ । सञ्चालकले महंगो शुल्क तोक्दै केहि अफर समेत सार्वजानिक गरेका छन् । पार्कमा तीनफिट मुनीका बालबालिका र ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःुशल्क प्रवेश दिईने छ । त्यस बाहेक सर्वसाधारणका लागि पार्कको प्रवेश शुल्क ७५० र विद्यार्थीका लागि ६५० रुपैयाँ तोकिएको हो ।

प्रवेश शुल्क भुक्तानी गरेपछि ाटर पार्क र एम्युजमेन्ट पार्कको अवलोकन निःशुल्क हुनेछ । यसबाहेक जिपलाइन, एडभेन्चर पार्क, सुमो रेसलिङ र बडी जर्ब का लागि प्रतिव्यक्ति एक हजार शुल्क लाग्ने सञ्चालक बिनोद पौडेलले जानकारी दिनुभयो । कम्पनीले जम्बो प्याकको शुल्क प्रति व्यक्ति एक हजार ५०० सय तोकेको छ । जम्बो प्याकको टिकट खरिद गरेपछि प्रवेशका लागि छुट्टै टिकट लिइरहनु पर्दैन । साथै जम्बो प्याकको टिकटबाट हाल पार्कमा रहेका ६ प्रकारको वाटर पार्क, एम्युजमेन्ट पार्क, जिपलाइन, वाल क्लाइम्बिङ, एडभेन्चर पार्क, सुमो रेसलिङ र बडी जर्बको रमाइलो गर्न पाइने छ ।

बिहान १० देखि साँझ ६ बजेसम्म खुला रहने यस पार्कमा प्रवेश गरेपछि यहाँभित्र ६ घण्टासम्म बस्न पाइनेछ । सञ्चालक पौडेलले तीन महिनापछि स्नोपार्क पनि सञ्चालनमा ल्याईने भएको छ । स्नो पार्कमा कृत्रिम हिउँको पार्क हुनेछ । यसमा हिमाल आरोहण गरेको हिउँमा चिप्लेटी खेलेको आनन्द लिन सकिनेछ । साथै हिउँ परेको घरभित्र क्याफे सञ्चालनमा ल्याइनेछ ।
पार्कमा इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेलसहित पूर्व एआइजी कृष्ण बस्नेत, पूर्व डिआइजी ज्ञानविक्रम शाह, र काठमाडौंको वु पी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानी रहेको छ । यो पार्क भारतीय पर्यटक लक्षित गरेर सञ्चालनमा ल्याइएको हो । त्यस बाहेक विदेशी पर्यटकलाई समेत एक दिनसम्म इटहरीमा बिताउन आवश्यक पर्ने सुविधा यो पार्कले दिनसक्ने दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्