विराटनगरमा यु – २० थ्री बाई थ्री वास्केटबल प्रतियोगिता हुने

विराटनगरमा  यु – २० थ्री बाई थ्री वास्केटबल प्रतियोगिता हुने

प्रदेश नं १ को राजधानी विराटनगरमा विराटनगर बास्केटबल एकेडेमी ले ‘ यु - २० थ्री वाई थ्री वास्केटबल’ प्रतियोगिता गर्ने भएको छ ।

उक्त प्रतियोगिता यहि फाल्गुन २२ गते विकेभिएम स्कुलको बास्केटबल कोर्टमा हुने विराटनगर बास्केट बल एकेडेमीका मिङ्मा तामाङले जानकारी दिएअनुसार विराटनगरमा यु - २० थ्री वाई थ्री वास्केटबल प्रतियोगिता हुने भएको छ।

प्रतियोगितामा प्रदेश नं १ का विराटनगर, इटहरी, धरान, विराट चोक, बेलबारी, दमक, बिर्तामोड, काकडभिट्टा लगायत १६ टिमको सहभागिता रहने तामांगले बताए ।

प्रतियगिताको विजेता, उपविजेता र उतकृष्ट खेलाडी लाई नगद पुरस्कार साथै ट्रफी, मेडल र परमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ । प्रतियोगिताबीच विराटनगर र बिर्तामोड महिला टिम बीच मैत्रीपूर्ण खेल खेलाउने जानकारी समेत तामाङले दिए। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्