ब्राइट भिजन कलेजद्वारा नवआगंन्तुक विद्यार्थीलाई स्वागत

ब्राइट भिजन कलेजद्वारा नवआगंन्तुक विद्यार्थीलाई स्वागत

बिराटनगर । ब्राइट भिजन ल कलेजद्वारा नवआगन्तुक बिद्यार्थीहरु लाई स्वागत कार्यक्रम होटल इष्टर्न स्टारमा सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा कार्यक्रमको सभा अध्यक्षको रुपमा ब्राइट भिजन ल कलेजका क्यापस चिफ बद्री गौतम, प्रमुख अतिथी प्रदेश न १ का महान्यायाधिवक्ता चुडामणिा आचार्य, विशिष्ट अथिती ब्राइट भिजन ल कलेजका सस्थापक तुलसी पोखरेल लगाएत बिधालयका अन्य पदाधिकारी र शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा नव आगन्तुक १०० जना बिद्यार्थीहरु लाई स्वागत गरिएको थियो । उक्त कार्यक्रमा बिद्यार्थीहरुले आफनो तर्फ बाट मनोरञ्जनका कार्यक्रम गरेका थिए । उक्त कार्यक्रम लाई ब्राइट भिजन ल कलेजका दोस्रो बर्षका बिद्यार्थीहरु नेतृत्व लिएर कार्यक्रम सन्चालन गरेका थिए भने अन्य बर्षका बिद्यार्थीहरुले साथ सहयोग एवम उपस्थिति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्