हिंसा विरुद्ध उठ्न राजनीतिक दलभन्दा महिला सक्रियता आवश्यक

<span class='c1'>हिंसा विरुद्ध उठ्न राजनीतिक</span> <span class='c2'>दलभन्दा महिला सक्रियता आवश्यक</span>

इटहरी । प्रदेश १ की उपसभामुख सरस्वती पोखरेलले राजनीतिमा हुने महिला हिंसा विरुद्ध लड्न राजनीतिक दल भन्दा माथि उठन सक्नुपर्ने बताउनुभएको छ ।
इटहरी उपमहानगरले १११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको श्रमिक महिला दिवसको महत्व र राजनीतिमा महिला हिंसा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले त्यसो भन्नुभएको हो ।

उहाँले अवको चुनावमा दलभन्दा माथि उठेर सके ५० प्रतिशत नसके ३३ प्रतिशत महिलालाई जिताउनुपर्नेमा जोड दिनुभयो । उहाँले महिला आत्मनिर्भर र सुखि हुन नसके सम्वृद्ध नेपाल वन्न नसक्ने वताउनुभयो । महिला आत्मनिर्भर वन्न सके हिंसा कम हुने उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सर्वध्वज साँवाले महिलालाई हरेक क्षेत्रमा अवसर प्रदान गर्दै रोजगार वनाउन सक्नुपर्नेमा जोड दिनुभयो । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले राजनीतिमा महिला हिँसाको विषय वहसको बिषय नवनेकाले इटहरीवाट वहसको सुरुवात गरिएको वताउनुभयो ।

कार्यक्रममा इटहरीका प्रहरी प्रमुख डिएसपी अर्जुन केसी तथा विमला ढकाल, रञ्जु सिग्देल, रोशना थापा, कमला खडका, रुक्मिणी कोइराला गंगा गुरुड लगायत वोल्नुभयो । कार्यक्रममा इरिक्सा चालकहरु सीता परियार,सुजता राई,रीता दाहाल,मनिषा कार्की र दीपा कार्कीलाई सम्मान गरिएको छ । यसैगरि उममेयर आत्मनिर्भर कार्यक्रममा उत्कृष्ठ कार्य गर्ने तालतलैया कृषि उद्यमी महिला समूह इटहरी २,सगरमाथा दालमोठ भूजिया महिला उद्यमी समूह इटहरी २०, चिनारी कृषि उद्यमी महिला समूह इटहरी १९,सृजनशील कृषि उद्यमी महिला समूह इटहरी ३, लाई प्रशंशा पत्र सहित सम्मान गरिएको छ । यसैगरि लामो समयदेखि महिला स्वास्थ्य स्वयंसेविका भई स्वास्थ्य क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै रुक्मिणी कोइराला र दीपा शर्मालाई सम्मान गरियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्