मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले आफ्ना आविष्कार गरे सार्वजानिक

मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले आफ्ना आविष्कार गरे सार्वजानिक

विराटनगर। मनमोहन प्राविधिक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नयाँ आविष्कार सार्वजानिक गरेका छन् । मोरङको बूढीगङ्गा गाउँपालिका–४ हात्तीमुढा स्थित विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले मेसिनहरुको परियोजना प्रस्तुतिकरण गरेका हुन् ।
विद्यार्थीले अध्ययन गरेको क्षेत्रसँग सम्बन्धीत विषयमा प्रत्येक वर्ष व्यवहारीक अभ्यासका रुपमा प्रयोगात्मक परियोजना सार्वजानिक गर्दै आएका हुन् । यस वर्ष डिप्लोमा इन इलेक्ट्रोनिक्स , सिभिल इन्जीनियरिङ, इलेक्ट्रिकल इन्जीनियरिङ र डिप्लोमा इन मेकानिकल इन्जीनियरिङ संकायमा अध्ययनरत अन्तिम तथा छैटौं सेमेस्टमा अध्ययनरत विद्यार्थीले आफ्ना नयाँ आविष्कारहरु सार्वजानिक गरेका हुन् ।

इलेक्ट्रोनिक्सका विध्यर्थाहरुबाट आधुनिक मोडेलका ब्लुतुत सोलार प्यानेलबाट राउडिङ हुने सीसी क्यामेरा , भुकम्प आउन केही सेकेन्ड पहिला नै सचेत गराउने भुकम्पको कम्पन्न पत्ता लागउने र भुकम्पको चेतावनी प्रणाली, सेनिटाजिङ रोबट, दुर्घटना पत्ता लागउने र सवारी साधन टे«किङ प्रणालि, अण्डाबाट चल्ला उत्पादन गर्ने हयाचरी मेसिन, विधुतिय प्रणलिबाट अटोमेटिक उचाई र तौल पत्ता लगाउने मेसिनको बनाएका हुन् ।

इलेक्ट्रीकलतर्फ एमसीबी फ्यूज परीक्षण किट, भ्याकुम सर्किट ब्रेकर, त्रिफेच भोल्ट कन्ट्रोल गर्ने प्यानेल, सोलारबाट चल्ने धान काट्ने मेसिन , रिमोटबाट चल्ने घाँस कटर मेसिन, ब्याट्रीबाट चल्ने हलो जोत्ने मेसिन, व्याट्रीबाट चल्ने मोटर बाईक जस्ता मेसिन बनाएर परीक्षण गरेका हुन् ।
मनमोहन स्मृति पोलिटेक्निकका सुचना प्रमुख तथा प्रवक्ता सत्यनारायण चौधरीका अनुसार यस इन्सटीच्युटबाट वर्षेनी समयसपोक्ष अनुसारको नयाँ प्रविधिमैत्री मेसिनहरुको उत्पादन गर्ने गरिदैं आएको छ। विद्यार्थीले आफूले अध्ययन गरेर व्यवहारमा उतार्ने यस्ता मेसिनलाई राज्यले सदुपयोग गर्नसक्ने दावी चौधरीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्