जाम्बियाको वाणिज्यदूतमा बस्नेत

जाम्बियाको वाणिज्यदूतमा बस्नेत

काठमाण्डौं । अफ्रिकी मुलुक जाम्बियाले नेपालमा उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्यसहित वाणिज्य दूतावास स्थापना गरेको छ । जाम्बिया सरकारले नेपालका लागि वाणिज्यदूतमा व्यवसायी ई. देशबन्धु बस्नेतलाई नियुक्त गरेको छ ।

बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एवं द्विराष्ट्रिय तथा एनआरएनए फोरमका सभापतिसमेत हुन् । दूतावासले व्यापार, आयात निर्यात, पर्यटन, संस्कृतिलगायतमा द्विपक्षीय सहायता तथा सहयोगमा काम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्