हिमालय दर्शन कलेज बिराटनगरमा अन्तरक्रिया

हिमालय दर्शन कलेज बिराटनगरमा अन्तरक्रिया

विराटनगर । त्रिभुवन विश्वविद्यालयको सम्वन्धन लिई व्याच्लर अफ होटल मेनेजमेन्ट (विएचएम) को पठनपाठन गराइ रहेको हिमालय दर्शन कलेज बिराटनगरमा विएचएम अध्ययनरत, नयाँ भर्ना भएका बिद्यार्थी, अभिभावकहरूबीच अन्तरक्रिया सम्पन्न भएको छ ।

सिएचए सर्टिफाइड हस्पिटालिटी कन्सल्टेन्ट, सिएमएस हस्पिटालिटीका सिइओ, एसोसिएट मेम्बर अफ आइएसएचसी तथा सिध्दार्थ ग्रुप अफ हस्पिटालिटी का भुपू सिओओ बिनोय कुमार थापा (सिएचए) र विद्यार्थीबीच हस्पिटालिटी इन्डष्ट्रीको संम्भाव्यता बिषयमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा बिद्यार्थी तथा अभिभावकहरूको जिज्ञासाहरूको जवाफ दिदै हस्पिटालिटी इन्डष्ट्रीको सम्भावना वारे थापाले प्रकाश पार्नुभयो। आगामी दिनहरूमा कलेजसंग मिलेर बिभिन्न कार्यक्रमहरू संचालन गर्ने तथा यस कलेजका विद्यार्थीहरूको वित्ती विकासमा सहयोग गर्ने साथै विद्यार्थीहरूलाई रोजगारीकोलागि सहयोग गर्ने कुरा वताए।

बिद्यार्थीहरूको सर्वागिण बिकासलाई मध्यनगर गर्दै यस कलेजले यस्ता कार्यक्रमहरू नियमितरूपमा संचालन गर्ने गरेको र बिद्यार्थीहरूको प्रयोगात्मक क्षमता अभिबृद्धि गर्ने उद्देश्यले नियमित विभिन्न तारे होटलहरू तथा मलहरूको भ्रमण गराइ रहेको तथा यसै क्रममा यहि फाल्गुन २७ गते कलेजले बिद्यार्थीहरूलाई विश्वकै सवै भन्दा ठुलो होटल चेन काठमाण्डै मेरियट होटलको ३दिन २ रातको भ्रमणमा लान लागि रहेको कुरा क्यामपस प्रमुख भरत सापकोटाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्