भायानेटले ल्यायो एक रुपैँयामा सेट–अप बक्स अफर

भायानेटले ल्यायो एक रुपैँयामा सेट–अप बक्स अफर

विराटनगर । नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक भायानेटले एक रुपैँयामा सेट–अप बक्सको अफर ल्याएको छ । आफ्ना ग्राहकलाई सेवा र अफर प्रदान गर्ने कुरामा भायानेट सधैं अगाडी रहेको भायानेटले एक रुपैँयामा सेट–अप बक्स अफर सार्वजानिक गरेको हो ।

यो अफर अन्तर्गत ग्राहकहरुले अब भायानेटको १ वर्षको इन्टरनेट लिँदा भायाटिभीको सेटअप बक्सको एक रुपैँयामा खरिद गर्न पाउनेछन् । यसैगरी १ महिनाको इन्टरनेट लिंदा भायाटिभीको सेटअप बक्सको मूल्य एक हजार पर्नेछ, ३ महिना र ६ महिनाको इन्टरनेट लिंदा भायाटिभीको सेटअप बक्सको मूल्य ५०० पर्नेछ । कम्पनीका अनुसार यो अफरको मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई न्यूनतम मूल्यमा भायाटिभी मार्फत् अधिकतम मनोरञ्जन प्रदान गर्नु हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्