विराटनगर जनपथमा नक्कली मोविल कारखानामा छापा, एकजना पक्राउ

विराटनगर जनपथमा नक्कली मोविल कारखानामा छापा, एकजना पक्राउ

विराटनगर । प्रहरीले विराटनगर–११ ज्नपथ टोलमा नक्कली मोविल तथा इनामेल बनाउने कारखानामा छापा हानेको छ । विगत २० वर्षदेखि गोदाम भाडामा लिएर नक्कली मोविलमा सर्वो कम्पनिको स्टीकरण टाँस गरेर बिक्री वितरण गर्दै आएको पाइएपछि प्रहरीले छापा हानेको हो ।
प्रहरीले नक्कली मोविल तथा इनामेल बनाएर बिक्री गर्दै आएका ७८ वर्षीय शंकरलाल खेम्कालाई समेत नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । नक्कली मोविल तथा इनामेल बनाएर बिक्री गर्ने गरेको विशेष सूचनाका आधारमा प्रहरीले छापा हानेको हो ।

नयाँ मोविल हालेपनि सवारीमा समस्या आएको सेवाग्राहीको गुनासोपछि प्रहरीले ग्यारेज हुँदै कारखानासम्म पुगेर छापा हानेको हो । नक्कली मोविल बनाएर प्याक गरिएको बट्टामा सर्वो कम्पनिको स्टीकर टाँस गर्ने गरेको पाइएको छ ।

प्रहरीले गोदाममा राखिएको नक्कली मोविल, इलामेलसहित बनाउने, प्याकेजिङ गर्ने र स्टीकरण बनाउने सामाग्री समेत बरामद गरेको छ । प्रहरीले २०० लिटर मोविलसहितको १५ वटा ड्रम, २० लिटरको ३ ड्रम, १० लिटरको २ वटा बाल्टी, एक लिटरको १४ बट्टा, २०० लिटर अट्ने क्षमताको २४ वटा खाली ड्रम, सर्वो कम्पनिको स्टीकर टाँस गरिएको खाली बट्टा एकसय थान, सर्वोको स्टीकर एकसय थान, स्टीकर छाप्ने फर्मा २१ थान, लिटर मापन गर्ने औजारहरु समेत बरामद गरेको छ ।

यसैगरी एशियन पेन्ट लेखिएको इनामेलका आधा लिटरको ७ बट्टा, सिल्भरको बाल्टिन २ र प्लाष्टिकको बाल्टिन ३३ थान बरामद गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्