एनबिए कप च्याम्पियनसिप चैत्र दोश्रो साता

एनबिए कप च्याम्पियनसिप चैत्र दोश्रो साता

कठमाण्डौं । नेपाल ब्याडमिन्टन संघको आयोजनमा योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७७ चैत्र १५ देखि १८ गते सम्म आयोजना हुने भएको छ ।
दशरथ रङ्गशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष तथा महिला एकल र युगल, मिश्रीत युगल, ब्वाईज तथा गल्र्स यु – १७ र भेट्रान्स युगल ४५ गरि ८ विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।

¥याङ्किङ्ग प्रतियोगिता समेत रहेको च्याम्पियनसिपमा नेपाल ब्याडमिन्टन संघ संग आवद्ध जिल्ला ब्याडमिन्टन संघ र आवद्ध हुन बाँकी जिल्ला, बिभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको पुलिस क्लब र सशस्त्र प्रहरीबलको एपिएफल क्बलका खेलाडीहरुले सहभागिता जनाउन पाउने छन् ।

करिब २७ लाखको अनुमानित बजेट रहेको च्याम्पियनसिपमा पुरुष तथा महिला एकलका शिर्ष तीन बिजेताले नगद ५० हजार, २५ हजार र १२ हजार ५ सय सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यसतै युगल तर्फका शिर्ष तीनले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै यु – १७ ब्वाईज तथा गल्र्सका शिर्ष तीन बिजयीले नगद २० हजार, १० हजार र ५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

बिश्व ब्याडमिन्टन महासंघको नियमानुसार खेलाईने च्याम्पियनसिपका लागि प्रत्येक जिल्लालाई पुरुष तथा महिला शिर्ष १६ बरियता बाहेक २ पुरुष र २ महिला कोटा प्रदान गरिएको छ । यस्तै यु १७ तर्फ पनि प्रत्येक जिल्लाका लागि २ केटा र २ केटीको कोटा प्रदान गरिएको र प्रत्येक टिममा एक जना प्रशिक्षक र एक ब्यवस्थापक रहने छन् । कोटामा परेका प्रत्येक खेलाडीह, प्रशिक्षक र ब्यवस्थापकले खान बस्नका लागि नगद ८ सय सुविधा प्राप्त गर्ने छन् । कोटा भन्दा बाहेकका खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकले खान बस्ने ब्यवस्था आफु स्वयंले गर्नु पर्नेछ ।

दीपेश र प्रिन्स उपाधीका लागि भिड्ने
एपिएफका दिपेश सिंह धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधी निकट पुगेका छन् ।

राष्ट्रिय च्याम्पियन दिपेशले फाईनल प्रवेश गर्ने क्रममा सेनाका रुकेश महर्जन माथि २१।१४, २१।१७ को जित निकाले भने बिश्व जुनियरको बरियतामा तेश्रो नम्बरमा रहेका प्रिनसले प्रतियोगितामा दोश्रो बरियता पाएका पुलिसका बिष्णु कटुवाल माथि २१।१५, २१।१२ को जित निकाले ।
शनिबार साङ्गलास्थित साईनो स्पोर्टस् हलमा भएको प्रतियोगितामा दिपेशले सेनाका रुकेश महर्जन माथि को जित निकाल्दै उपाधीका लागि प्रिन्स संगको भेट पक्का गरेका हुन् । प्रिन्सले पुलिसका बिष्णु कटुवाललाई ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।
साईनो स्पोर्टस् हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनामा भएको प्रतियोगिताको महिला एकल तर्फ बिभागिय टोली त्रिभुवन आर्मी क्लबका अमिता गिरी र अनुमाया राईले उपाधीका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । अमिताले धादिङ्गकी तारा आलेलाई २१।९, २१।४ ले र राईले एपिएफकी शोभा गौचनलाई २१।८, २१।१२ ले पराजित गर्दै फाईनल यात्र तय गरेका हुन् ।

पुरुष युगल तर्फ हिमालय क्लबका बिशाल बस्नेत र झापाका प्रनिश सिंह ठकुरी फाईनल प्रवेश गरे । उक्त जोडीले सूर्खेतका नरेन्द्र बम र चण्डोलका शिव थापाको जोडीलाई २१।१६, २१।१२ ले पराजित गर्दै उपाधीका लागि आयोजक साईनोको अभिषेक बोस र सुजन थापाको जोडी संगको भेट पक्का गरे । बोस र थापाको जोडीले गण्डकी ब्याडमिन्टन क्लबका सनम खपाङ्गी र हिरा राईको जोडीलाई २१।१७, २१।१३ ले पराजित गरे ।
पुरुष युगल ४५ को प्रतिस्पर्धामा जेष्ट ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडी जित निकाल्दै फाईनल प्रवेश गरे । उक्त जोडीले युनिक स्पोर्टस्का अनिल कुमार लाखे र पाल्पाका महेश बज्राचार्यको जोडीलाई २१।१३, २१।१९ ले पराजित गरे । अर्को प्रतिस्पर्धामा पर्फेक्ट फिटनेश क्लबका पूर्ण हरि होना र संजय कपालीको जोडीले ललितपुरका सुमन महर्जन र सुनिल मान शाक्यको जोडीलाई २१।९, २१।१३ ले पराजित गर्दै उपाधीका लागि जेष्टका श्याम र नविनको जोडी संग प्रतिस्पर्धा गर्ने भएका छन् ।

पुरुष युगल बी तर्फको प्रतिस्पर्धामा सूर्यदर्शनका दीपक राना र संजय श्रेष्ठको जोडीले सेनाका हिमाल चन्द र सन्तोष पनेरुको जोडी माथि १५।२१, २१।१८, २१।१८ को जित निकाल्दै फाईनल प्रवेश गरे । यस्तै अर्को खेलमा गण्डकीका तिलक छन्त्याल र हिरा राईको जोडीले चितवन ब्याडमिन्टन संघका साजकुमार गुरुङ्ग र साईनोका सुजन थापाको जोडीलाई २१।१९, १९।२१, २२।२० ले पराजित गरे ।
पुरुष युगल सी तर्फको खेलमा टोखा युग क्लबका क्षितीज खनाल र अमन महर्जन तथा किर्तिपुरका दिप्रिस मुन बज्राचार्य र निखिल भट्टको जोडी फाईनल प्रवेश गरेका छन् । खनाल र महर्जनको जोडीले बुटवलका किरण बिष्ट र चितवन जिल्ला ब्याडमिन्टन संघका राजकुमार गुरुङ्गको जोडीलाई १५।२१, २१।१०, २१।१७ ले तथा दिप्रिस र निखिलको जोडीले गोकर्णेश्वरका लोक बहादुर लामा र गणेश श्रेष्ठको जोडीलाई २१।१५, २१।१७ को सहज जित निकाले ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्