दमकमा `सन्बि नाइन सिक्स टुर्नामेन्ट’ सुरु

<span class='c1'>दमकमा `सन्बि नाइन </span> <span class='c2'>सिक्स टुर्नामेन्ट’ सुरु</span>

दमक
झापाको दमकमा बहुदिवसीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । 'सन्बि 96 टुर्नामेन्ट' नाममा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा दमकको प्याट्रीयोटिक क्रीकेट सेन्टर र बिर्तामोडको बोस्टन क्रीकेट क्लब बिच खेल भएको थियो ।
दुई दिवसीय खेलको पहिलो दिन सकिदा पिसिटिसि ६४ रनले अघि रहेको छ। टस हारेर फिल्डिङमा उत्रिएको पिसिटिसिले बोस्टनलाई ३९ ओभर २ बलमा ११३ रन समेटेको थियो। पिसिटिसिका लागि ज्ञानेन्द्र श्रेष्ठले मात्र १९ रन खर्चेर पाँच विकेट लिएका थिए भने अरु कुनै पनि ब्याट्सम्यानले लामो पारी खेल्न नसक्दा बोस्टन सामान्य टोटलमा समेटिएको छ ।
जवाफी ब्याटिङमा उत्रिएको पिसिटिसि ले ४० ओभरमा १७७ रन बनाएर पारी घोषित गरेको छ। जसका लागि ओपनर सुजन थपलियाले ६१ बलमा ६९ रनको आक्रमक पारी खेलेका थिए भने बोस्टनका लागि प्रसान्त महतले ५ विकेट लिएका थिए।
टु-डेज् फर्म्याटमा खेलाइएको प्रतियोगितामा खेलको नतिजा भोलि दोस्रो दिन टुङ्गो लाग्ने छ। प्रतियोगितामा प्रदेश नम्बर १ का बिभिन्न जिल्लाबाट गरि ८ टोलीको सहभागीता रहेको आयोजक समितिले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्